फेसवुक गलत प्रचार गर्ने पक्राउ

२८ बैशाख २०७२, सोमबार १०:३५ मा प्रकाशित

काठमाण्डौ बैशाख २८ । फेसबुकमार्फत भूकम्पपीडितको राहत सङ्कलनमा भ्रामक प्रचार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ लेटाङ–७ का बिबेक राईलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । राईले फेसबुकको स्टाटसबाट भूकम्पपीडितको राहत सङ्कलनमा नकारात्मक प्रचार गराएको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका अनुसार राईले प्रधानमन्त्री कोषको दुरुपयोग र भ्रस्टाचार हुने भन्दै सो राहत कोषमा रकम जम्मा नगर्नू भन्ने फेसबुकको स्टाटसमा लेखेका थिए । राईले भूकम्पको बेला कालोबजारी गर्नेलाई नेत्रबिक्रम चन्द माओबादीको बन्दुकको कुञ्जाले हान्नुपर्नेजस्ता आपराधिक तथा ग्रैह कानुनी शब्दहरु स्टाटसमा प्रयोग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च