भूकम्पमा ज्यान गुमाउनेको संख्या ८ हजार पुग्यो

२८ बैशाख २०७२, सोमबार १०:३३ मा प्रकाशित

काठमाण्डौ बैशाख २८ । वैशाख १२ गते गएको बिनासकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार २० पुगेको छ । गृह मन्त्रालयका अनुसार घाइते हुनेको संख्या १७ हजार ८ सय ६६ पुगेको छ ।

सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १ सय ७ जनाको ज्यान गएको छ भने काठमाडौंमा एक हजार २ सय २२ को ज्यान गएको छ ।
भूकम्पका कारण १० हजार ८ सय ३ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिक रुपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् । नागरिकका दुई लाख ९६ हजार ९ सय ३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् ।
यसैबीच सरकारले भूकम्पबाट प्रभावित जिल्लाहरुमा अहिलेसम्म राहतस्वरुप वितरण गर्न सम्बन्धित निकायमा दुई अर्ब ८४ करोड ५४ लाख निकासा गरिसकेको छ ।
गृह मन्त्रालयले बिनासकारी भूकम्पमा परी ज्यान गुमाउने र घरबारबिहीनको राहतस्वरुप यो रकम निकासा गरिएको जनाएको छ ।

प्रभावित क्षेत्रबाट टेन्ट र त्रिपालको माग अत्यधिक रुपमा भैरहेको उल्लेख गर्दै अहिलेसम्म मित्रराष्ट्र भारतबाट दुई लाख २९ हजार २ सय ९८ थान तथा अन्य मित्रराष्ट्रहरु चीन, थाइल्याण्ड, पाकिस्तान, इण्डोनेसिया, जापान, कोरियालगायतका राष्ट्र र स्थानीय विकास, सहरी विकास मन्त्रालयबाट समेत जम्मा तीन लाख ४० हजार २ सय २१ थान प्राप्त भएको जनाएको छ ।
प्राप्त टेन्ट र त्रिपाल सिन्धुपाल्चोकमा ३८ हजार ७ सय २८, रसुवामा १० हजार ५ सय २४, धादिङमा १४ हजार २ सय १७, काभ्रेमा २८ हजार ४ सय १०, नुवाकोटमा २० हजार २ सय १० पाल पठाईएको छ ।
यस्तै सिन्धुलीमा २२ हजार ४ सय ४०, ओखलढुङ्गामा १२ हजार २४, रामेछापमा २६ हजार ९ सय ५६, गोरखामा २९ हजार ९ सय ८७, दोलखामा ३१ हजार ५ सय ५३ वटा पाल विरण भईसकेको छ ।
मकवानपुरमा १३ हजार ९ सय ९८, काठमाडौंमा ४३ हजार ५ सय ६७, ललितपुरमा २२ हजार ८ सय ४१, भक्तपुरमा २१ हजार ७१, लमजुङमा चारहजार ५ सय ८४ थान पनल तथा त्रिपाल पठाइसकिएका गृह मन्त्रालको दावी छ । अझै पनि प्रभावित क्षेत्रका पिडीतहरुले पाल तथा राहत नपाएको गुनासो गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति