संकल्प प्रस्तावमाथि आज छलफल हुँदै

२८ बैशाख २०७२, सोमबार १०:३० मा प्रकाशित

काठमाण्डौ बैशाख २८ । व्यवस्थापिका संसदमा सरकारले पेस गरेको संकल्प प्रस्तावमाथि आज पनि छलफल हुने भएको छ । संविधान सभा भवन नया बानेश्वरमा हिजो बसेको संसद बैठकमा सभासदहरुले बोल्ने क्रम नसकिएकाले आज मध्यान्न बस्ने बैठकमा पनि यही विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ । हिजोको बैठकमा विभिन्न दलका सभासदहरुले भुकम्पबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा सुरक्षित आवास उपलब्ध गराउन माग गरेका छन् । बैठकमा सभासदहरुले पिडितलाई प्रभावकारी रुपमा सरकारले राहत दिन नसकेको गुनासो गरेका छन् । सरकारका तर्फबाट ल्याएको संकल्प प्रस्ताव प्रमुख तिन दलका प्रमुख सचेतकले प्रस्ताव गरेका छन भने संसदमा रहेका दलले समर्थन गरेका छन्। २७ बुँदे प्रस्तावमा घरबारबिहिन पिडितलाई नयाँ घर निर्माण नभएसम्म भरपर्दो अस्थायी बासस्थान ब्यबस्था गर्ने, खाद्यान, शुद्ध पिउने पानी, औषधि र सुरक्षा ब्यवस्था गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले