विनाशकारी भूकम्पमा मर्नेहरुको संख्या ८ हजार नाघ्यो, घाइतेको संख्या १६ हजार ३३

२८ बैशाख २०७२, सोमबार ०४:५६ मा प्रकाशित

काठमाण्डौ, २८ बैशाख । दुई साता अघिको शनिबार गएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८ हजार २० पुगेको छ भने १६ हजार ३३  घाइते भएका छन् । त्यसमध्ये ७ हजार ९ सय ४१ जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति मध्य क्षेत्रमा भएको पुष्टि भएको छ जहाँ अहिले सम्म ५, ८३३ को मृत्यु भैसकेको छ । काठमाडौंमा १ हजार ७१३ जनाको मृत्यु भएको छ । भूकम्पमा परेर १६ हजार ३३ जना घाइते भएका छन् ।घाइतेहरुको काठमाडौं उपत्यकासहित बिभिन्न अस्पताल र अस्थायी स्वास्थ्य शिविरहरुमा उपचार भैरहेको छ । भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन