युनिभर्सल पिस फेडेरेसनद्वारा भूकम्प पीडितलाई १० करोड सहयोग

२७ बैशाख २०७२, आईतवार २३:४१ मा प्रकाशित

काठमाडौँ, २७ वैशाख । वैशाख १२ गते नेपालमा गएको भूकम्प पीडितहरुको उद्दार, राहत र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पिस फेडेरेसन र विश्व शान्ति तथा एकीकृत परिवार सङ्घका सहसंस्थापक डा. हाक जा हान मुनले रु. १० करोड सहयोग गरेका छन्।

उक्त सहयोग रकममध्ये रु. पाँच करोड प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण गरिएको छ भने अन्य रकम नेपाल सरकारसँग समन्वय गरी विभिन्न सङ्घसंस्थामार्फत पीडितको राहत र पुनःस्थापनाका लागि खर्च गरिने युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष एवं संविधानसभा सदस्य एकनाथ ढकालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

एसियाका लागि मदर मुनका विशेष दूत डा. चोङ्ग सिक योङ्ग र युनिभर्सल पिस फेडेरेसन नेपालका अध्यक्ष ढकालले रु पाँच करोडको चेक प्रधानमन्त्री सुशील कोइरालालाई आज हस्तान्तरण गर्नुभयो ।

उक्त सहयोग हस्तान्तरण समारोहपछि प्रधानमन्त्री कोइरालाले भूकम्प पीडितका लागि नेपाललाई सहयोग पु¥याउनु भएकोमा मदर मुनप्रति गहिरो आभार व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोइरालाले भन्नुभयो, ‘‘हाम्रोजस्तो विकासशील मुलुकमा धेरै सुविधाको अभाव छ । थोरै तयारीका बाबजुद पनि सरकारले उद्धार कार्यमा कुनै ढिलासुस्ती र कन्जुस्याइँ गरेको छैन । यस्तो खालको विपत्तिमा विकसित मुलुकहरुलाई समेत समय लाग्छ ।’’

सो अवसरमा फादर र मदर मुनको तर्फबाट एसियाका अध्यक्ष डा. चोङ्ग सिक योङ्गले प्रधानमन्त्री कोइरालालाई कोरिया भ्रमणको निम्तो पनि दिनुभएको थियो ।

युनिभर्सल पीस फेडेरेसन संयुक्त राष्ट्र सङ्घको आर्थिक सामाजिक सल्लाहकारको मान्यता पाएको अन्तर्राष्ट्रिय संस्था हो । यसले संयुक्त राष्ट्र सङ्घको दिगो विकासका लक्ष्यलाई पूरा गर्न सहयोग पु¥याउँदै आइरहेको बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक