एएफसी यु–२२ छनौट पैतियोगिता आजबाट सुरु

२ असार २०६९, शनिबार ०९:०८ मा प्रकाशित

काठमाडौ, २ असार । एसियाली फुटबल महासङ्घ एएफसीको कार्यक्रमअन्तर्गत अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा आजदेखि दशरथ रङ्गशालामा एएफसी यु–२२ छनौट चरणअन्तर्गत समूह ‘घ’ का खेलहरू सञ्चालन हुने भएको छ । प्रतियोगितमा नेपाल, यमन, बङ्गलादेश, उज्बेकिस्तान र जोर्डन गरी पाँच राष्ट्रको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागी हुने नेपाली युवा टिमलाई वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा र सहायक प्रशिक्षक हरि खड्काले विगत दुई महिनादेखि प्रशिक्षण दिँदै आउनुभएको छ । प्रतियोगितामा नेपाली फुटबल टोलिका कप्तान भरत खवास र उप–कप्तान विकास क्षेत्रीलाई तोकिएको प्रशिक्षक कृष्ण थापाले बताउनुभयो । हरेक दिन प्रतियोगिताको पहिलो खेल ३ः३० बजे र दोस्रो खेल साँझ ६ः३० बजे सञ्चालन हुनेछ ।  नेपालले प्रतियोगिताको पहिलो दिन आज बङ्गलदेशसँग खेल्नेछ भने दोस्रो खेल असार ४ गते यमनसँग खेल्नेछ । त्यस्तै तेस्रो खेलमा असार ६ गते नेपालले उज्बेकिस्तानको सामना गर्नेछ । असार ८ गते हुने चौथो खेलमा नेपाल र जोर्डन आमनेसामने हुनेछ । नेपाललाई आजको पहिलो खेल नै जित्नुपर्ने वाध्यता छ । आजको पहिलो खेल भने यमन र जोर्डनबीच हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका