एनआरएन अमेरिका महाभूकम्प प्रभावित जिल्ला रसुवा पुग्यो, राहत प्याकेज सहित १२ कक्षा सम्म निशुल्क क्षात्रबृत्ति प्रदान

२६ बैशाख २०७२, शनिबार ०६:३७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस एन्जलस, २६ वैशाख । अघिल्लो साता शनिबार गएको प्रलयकारी महाभूकम्पको त्राशदीपूर्ण चपेटामा परेको दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीका जनताले लगभग दुई साता पछि सात समुन्द्र पारी अर्थात् गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको तर्फबाट वितरण गरिएको राहत प्याकेज प्राप्त गरेका छन् । एनआरएन अमेरिकाका निबर्तमान अध्यक्ष र नव निर्वाचित अध्यक्ष क्रमश खगेन्द्र जिसी र डा. केशब पौडेलको नेतृत्वमा गएको उद्धार टोलीले महाभूकम्पको त्राशदीपूर्ण चपेटामा परेका दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीका जनतालाई सरकारी र अन्य गैर सरकारी क्षेत्रको उद्धार पाउन नसकेको अवस्थामा लगभग दुई साता पछि राहत प्याकेज उपलब्ध गराएर उनीहरुको दुखिरहेको घाउमा सानै सहि राहतको मल्हम लागएका हुन् ।

NRN USA Earthquake Relief 2दुर्गम पहाडी जिल्ला रसुवा सरमथली पुगेकी एनआरएन अमेरिकाकी नव निर्वाचित सहसचिब संगीता लम्साल ‘सिवाकोटी’ले दिएको जानकारी अनुसार बिहिबार राजधानी काठमाडौंबाट दुई ट्रक राहत प्याकेज सहित दुर्गम पहाडी जिल्ला रसुवा सरमथली पुगेको एनआरएन टोलीमा चिकित्सकहरु डा. केशब पौडेल डा. सन्तोष घिमिरे, रेखा हमाल, लक्ष्मी ढकाल र डा. मिनर जिसीको समुहले स्वास्थ्य शिबिर संचालन गरी करिब ४५७ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । एनआरएन अमेरिकाकी नव निर्वाचित सहसचिब संगीता सिवाकोटीले दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीबाट दिएको जानकरी अनुसार उद्धार तथा राहत टोलीमा संघकी उपाध्यक्ष रबिना थापा, निबर्तमान बरिष्ठ उपाध्यक्ष लोक तिवारी, महिला संयोजक राधा पौडेल, सदश्य मोहन ज्ञवाली लगाएत झन्डै एक दर्जन गैर आवाशीय नेपालीको सहभागिता रहेको थियो ।

NRN Reliefसिवाकोटीका अनुसार एनआरएन अमेरिकाको तर्फबाट लागिएको दुई ट्रक राहत सामग्रीबाट करिब ३०० परिवारलाई एक थान टेन्ट, ब्ल्यांकेट, एक बाकस चाउ-चाउ र एक बोरा चामल प्रदान गरिएको थियो । उद्धार तथा राहत वितरण टोलीले दुर्गम पहाडी जिल्ला रसुवा सरमथलीका जनताको जीवनस्तर र महाभूकम्पले त्यस क्षेत्रमा पुर्याएको त्राशदीपूर्ण क्षति देखेर महाभूकम्पमा परि आफ्ना अभिभावक गुमाएका परिवारका स्कुल जाने उमेरका सम्पूर्ण बिद्यार्थीहरुको लागि १२ कक्षा सम्म निशुल्क क्षात्रबृत्ति प्रदान गरेको छ ।

NRN USA Earthquake Relief 3एनआरएन अमेरिकाको उद्धार तथा राहत वितरण टोलीले यस अघि महाभूकम्पको त्राशदीपूर्ण चपेटामा परेका देशका विभिन्न भागमा उद्धार तथा राहत वितरण गरी सकेको छ र संघको उद्दार तथा राहत बितरण कार्य निरन्तर जारी रहेको संघका निबर्तमान अध्यक्ष खगेन्द्र जिसीले रसुवाबाट हामीलाई जानकरी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ