पूर्वराजालाई सकसमाथि सकस

२५ बैशाख २०७२, शुक्रबार ०२:२२ मा प्रकाशित

काठमाडौ, २४ वैशाख । महाभूकम्पसँगै पूर्वराजा ज्ञानेन्द्र र उहाँको परिवारमाथि अर्को विपत्ति आइपरेको छ । पूर्वरानी कोमलको मुटुको ‘मेजर अपरेसन’ सकिन नपाउँदै राजाका जेठान तथा रानी कोमलका दाजु सुरजशमशेर जबराको आकस्मिक निधन भएको छ । सुरज नयाँदिल्लीमा किड्नीको उपचार गरी मुलुक फर्कने तयारीमा हुनुहुन्थ्यो । पञ्चायतकाल र त्यसपछि पनि दरबार राजनीतिमा उहाँ निकै प्रभावशाली भूमिकामा हुनुहुन्थ्यो । रानी ऐश्वर्यका दाहिने हात मानिने उहाँ ऐश्वर्य, कोमल र प्रेक्षाका दाजु हुनुहुन्थ्यो ।
एकातिर श्रीमतीको मेजर अपरेसन, अर्कोतिर जेठानको देहान्त साथमा मुलुक तथा आफ्नो घरमा भूकम्पको क्षति यो परिस्थितिमा पनि पूर्वराजाले धैर्य नगुमाई हिमानी ट्रस्टमार्फत भूकम्पपीडितलाई थप सहयोग गर्न निर्देशन दिनुभएको बुझिएको छ । प्राप्त जानकारीअनुसार भूकम्पमा परी निर्मलनिवासका पर्खालहरू भत्किएका छन् र पानीट्याङ्की पूरै ध्वस्त भएको छ । घरको छतमा राखिएका खानेपानीको ट्याङ्की झरेर काम नलाग्ने भएपछि त्यहाँ पानीको अभाव भएको छ । भूकम्प आउँदा शाही परिवार खाना खाइरहेको थियो । महाभूकम्पले मुलुक र मुलुकवासीलाई पु-याएको क्षतिमा दुःख व्यक्त गर्दै वैशाख १३ गते पूर्वराजाले देशवासीका नाममा सन्देश दिनुभएको थियो । सन्देशमा महाभूकम्पबाट मृत्यु हुनेहरूलाई श्रद्धाञ्जली, तिनको परिवारका सदस्यमा समवेदना व्यक्त गर्नुका साथै छिटोभन्दा छिटो राहत तथा उद्धार कार्य अघि बढाउन आग्रह पनि गरिएको थियो ।
भूकम्पपछि हिमानी ट्रस्टमार्फत राहत प्रदान गर्नुका साथै पूर्वराजा पैदल हिँडेर काठमाडौंका विभिन्न भागको अवलोकन गर्नुभएको थियो । हिमानी ट्रस्टले भूकम्पको तेस्रो दिनदेखि पीडितलाई राहत वितरण गरिरहेको छ । गत (२२ गते) मंगलबार ट्रस्टले ललितपुरस्थित धापाखेलको वडा नं. २३, २४ र २५ मा प्रतिव्यक्ति २५ केजी चामलसहितको राहत प्याकेज वितरण गरेको जनाएको छ । पूर्वयुवराज्ञी हिमानीसहित ट्रस्टका सदस्यहरूले पीडितका लागि रक्तदानसमेत गरेका छन् । सासूपूर्व रानी कोमलको शल्यक्रियाका लागि ससुरा पूर्वराजा ज्ञानेन्द्र तथा बच्चाहरूसँगै हिमानी अहिले नयाँदिल्लीमा हुनुहुन्छ । हिमानी मुलुकमा नभए पनि ट्रस्टले राहत कार्यलाई जारी राखेको छ । गत हप्ता पूर्वरानी कोमलको मुटुको शल्यक्रियाका लागि नयाँदिल्ली जाँदा पूर्वराजाले आफू चाँडै स्वदेश फर्किएर महाभूकम्पपीडितका लागि थप सहयोग गर्ने बताउनुभएको थियो । तर, अहिले रानीको उपचार नसकिँदै जेठान सुरजशमशेरको निधनले थप विपत्तिमा पर्नुभएका पूर्वराजाको आगमनको मिति तय नभइसकेको बुझिएको छ । सुरजशमशेरको शब भने सकेसम्म चाँडो काठमाडौं ल्याउने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने