साबधान! चौधरी ग्रुपका सहित अन्य १५ कम्पनीका अपार्टमेन्ट पूर्ण रुपले बस्न अयोग्य

२४ बैशाख २०७२, बिहीबार २२:४३ मा प्रकाशित

काठमाडौं, २४ बैशाख । शनिबार गएको महाभूकम्पको असरले चौधरी ग्रुपका सबै अपार्टमेन्ट सहित अन्य १५ कम्पनीका अपार्टमेन्ट बासोस्थानको लागि पूर्ण रुपले अयोग्य रहेको इन्जिनियर र भुगर्वविदहरुले बताएका छन् । राजधानीमा निर्माणाधीन तथा सञ्चालनमा रहेका चौधरी ग्रुपका सबै अपार्टमेन्ट सहित अन्य १५ ठुला अपार्टमेन्टमा समेत बासोस्थानको लागि अयोग्य रहेको हो । तत्कालका लागी चौधरी ग्रुपका सबै अपार्टमेन्ट सहित अन्य १५ ठुला अपार्टमेन्टमा बस्न नमिल्ने पनि सरकारी विज्ञ टोलीले जनाएको छ ।

बिहीबारसम्म सरकारी टोलीले राजधानीमा रहेकामध्ये २० वटा अपार्टमेन्टहरुको निरीक्षण गरेको छ । ती मध्ये १५ वटा अपार्टमेन्टमा मर्मत सम्भार गरेपछि मात्रै बस्न मिल्ने शहरी तथा भवन निर्माण विभागले जनाएको छ । तर हाल अधिकांश अपार्टमेन्टमा पहिले बस्दै आएका मानिसहरु बसीरहेका छन् ।

बिहीबारसम्मको निरीक्षणअनुसार राजधानीको धापासीस्थित पार्क भ्यू होराइजन अपार्टमेन्ट र चौधरी ग्रुपका सबै अपार्टमेन्टमा बस्न नमिल्ने सरकारी टोलीको ठहर गर्दै रातो स्टिकर टाँसिएको निरीक्षणमा सहभागी एक इन्जिजिनयरले बताए । यद्यपि चौधरी ग्रुपले सरकारी टोलीले टासेको रातो स्टिकर गायब गरेको स्रोतले जानकारी दिएको छ । एक बिज्ञ भन्छन, ‘साबधान! चौधरी ग्रुपका सबै अपार्टमेन्ट सहित अन्य १५ कम्पनीका अपार्टमेन्टबाट आजै घर खाली गर्नुहोस यी घर हरुमा कुनै पनि बेला अप्रिय दुर्घटना हुन सक्छ ।’

स्रोतका अनुसार बस्न नमिल्नेमा रातो, मर्मतपछि बस्न मिल्नेमा पहेँलो र हालकै अवस्थामा बस्न मिल्नेमा हरियो स्टिकर बनाइ सरकारी टोलीले पूर्ण रुपले बस्न नमिल्ने चौधरी ग्रुपका सबै अपार्टमेन्ट सहित अन्य १५ कम्पनीका घरलाइ सामान्य मर्मत पछि बस्न योग्य भनेर मिलिभगतमा चोख्याउने काम भैरहेको छ ।

इन्जिनियरहरुको टोलीले शहरी विकास मन्त्रालयलाई अपार्टमेन्टहरुको अवस्थाको बारेमा दैनिक प्रतिवेदन र सुझाव बुझाउँदै आएको छ । कुनै भौतिक क्षति नभए पनि १० भन्दा बढी तला भएका अपार्टमेन्टमा बस्न नमिल्ने सरकारी प्राविधिक टोलीको सुझाव छ ।

राजधानीका धेरै अपार्टमेन्टमा १० भन्दा बढी तला छन् । उपत्यकामा मात्रै ७१ वटा अपार्टमेन्ट छन् ।

रातो र पहेंलो स्टीकर टाँसिएका अपार्टमेन्टका बासिन्दाहरु यतिखेर बाहिर बसेका छन् । हरियो स्टीकर टाँसिएका कतिपय अपार्टमेन्ट धनीहरु पनि आफन्तकहाँ शरण लिन गएका छन् ।

तत्काल बस्न नमिल्ने अपार्टमेन्टहरुका नाम: विशालनगरको सेन्ट्रल पार्क, हात्तीवनको सीटी स्केपका दुई अपार्टमेन्ट, धापासीको ग्राण्डी, सानेपाको इम्पेरियल, धोबीघाटको मर्करी, सुन्धाराको सीटीमल, धुम्बाराहीको ग्राण्ड, नक्सालको केएल, नख्खुको सनराइज, जावलाखेलको सीटी भ्यू, महाराजगञ्जको प्रेस्टिज, लाजिम्पाटको लाजिम्पाट अपार्टमेन्ट, भैंसेपाटीको विनायक अपार्टमेन्टमा पहेँलो स्टिकर टाँस्दै मर्मतपछि मात्रै बस्न मिल्ने सुझाव दिएको छ ।

तत्काल बस्न मिल्ने अपार्टमेन्टहरुको नाम: सिजी हिल्सका सबै, शान्तिनगरको ओरियन्टल, बालुवाटारको इन्द्रेणी, सिनामंगलको गुण कोलोनी र चाँगुनारायणको टीसीएच टावरमा हरियो स्टीकर टाँस्दै अहिलेकै अवस्थामा पनि बस्न मिल्ने सुझाव दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई