बलिउड अभिनेता सलमान खानलाई पाँच वर्षको जेल सजाय

२४ बैशाख २०७२, बिहीबार २२:१९ मा प्रकाशित

काठमाडौँ, । बलिउड अभिनेता सलमान खानलाई मुम्बईस्थित सेसन कोर्टले व्यक्ति हत्यालगायत चार आरोपमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । कोर्टका अतिरिक्त सत्र न्यायाधीश डी. डब्लू. देशपाण्डेले बुधबार सलमानविरुद्धको १३ वर्ष पुरानो मुद्दामा फैसला सुनाउँदै पाँच वर्षको कैद सजाय सुनाउनुभएको होे ।

न्यायाधीश देशपाण्डेको एकल इजलासले अभिनेता खानलाई सन् २००२ मा भएको ‘हिट एण्ड रन’ केसमा ३०४ को भाग २ को भवितव्य व्यक्ति हत्या, ३३७ को अर्काको जीवन खतरामा पारेको, ४२७ अन्तर्गत सार्वजनिक सम्पत्तिमाथि हानी पु¥याएको र २७९ अन्तर्गत लापर्वाहीपूर्वक गाडी चलाएको आरोपमा दोषी ठहर गर्दै जेल सजाय तोक्नुका साथै २५ हजार भारु जरिवाना तिर्ने आदेश पनि दिएको छ ।

फैसलापछि पीडिततर्फकी याचिकाकर्ता आभा सिंहले ‘सत्यको जीत भएको’ प्रतिक्रिया दिनुभएको छ ।अदालतले घटनाको समयमा सलमानले मादकपदार्थ सेवन गरेर चालक अनुमति बिना नै गाडी चलाएको ठहर गरेको छ ।

सो घटनामा परी एक व्यक्तिले ज्यान गुमाएका थिए भने तीन जना घाइते भएका थिए ।सलमानको तर्फबाट मुद्दा लडिरहेका वकिलले फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने पनि बताएका छन्् ।

अदालतले दोषी ठहर गर्ने बित्तिकै खानलाई मुम्बई प्रहरीले न्यायिक हिरासतमा लिएको छ ।अदालतको यस्तो फैसलाले उहाँले अभिनय गरिरहेको चलचित्र सुटिङ पनि अन्योलमा परेको छ । उहाँलाई अदालतले यस्तो सजायँ सुनाएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भइरहेका छन् । उहाँका करोडौँ प्रशंसक दुःखी भएका छन् भने नजिकका मित्रहरूले उहाँलाई सजायँ लामो भएको प्रतिक्रिया दिएका छन् ।

जोधपुरका युवाले भने अभिनेता खानले सजायँ पाएपछि पूजा, प्रार्थना र पटाका समेत पड्काएर खुसीयाली मनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत