लस एन्जलसमा नेपाली दुतावासको घुम्ती प्रशासनिक सेवा केन्द्र सम्पन्न

२४ बैशाख २०७२, बिहीबार ०८:३३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस एन्जलस, २४ वैशाख । दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायको राहदानी, अन्य प्रशासनिक र कागजी समस्या समाधान गर्न आएको वाशिंगटन डिसीस्थित नेपाली दुतावासका अधिकारीहरुले यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य सम्पन्न गरेका छन् । गत सोमबार घुम्ती प्रशासनिक शिविरमा संचालन गर्न लस एन्जलस आएको नेपाली दुतावासका अधिकारीहरुले यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन स्थानिय श्री पशुपतिनाथ फाउन्डेसनमा संकलन गरेका हुन् ।

MRP Application Collection Camp LA 4यस क्षेत्रका लागि नेपालका बाणिज्यदुत ऋषि ढकालको पहलमा यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य सम्पन्न भएको हो । सानडियागोस्थित नेपाली वाणिज्यदुत ऋषि ढकालले दिएको जानकारी अनुसार वाशिंगटन डिसीस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि घिमिरे र द्धितिय सचिव लेखनाथ गौतमले लस एन्जलसमा प्रशासनिक सेवा केन्द्र संचालन गरी यस क्षेत्रका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन गरेका थिए ।

MRP Application Collection Camp LA 1वाणिज्यदुत ऋषि ढकालले दिएको जानकारी अनुसार नेपालको महाभूकम्पको पिडामा रहेका यस क्षेत्रका नेपाली समुदायका झन्डै पचास मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन गरिएको र राहदानी बनाउने प्रक्रिया सुरु भैसकेको छ । संकलित मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन नेपाली दुताबास मार्फत परराष्ट्र मन्त्रलाय पठाई तिन महिना भित्र वितरण गरिने छ । यद्यपि शरण लिएर बसिरहेका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रक्रिया अझै नेपाल सरकारले सुरु नगरेकोमा स्थानिय बासिन्दा रुष्ट बनेका थिए । घुम्ती प्रसासनिक केन्द्रमा भेटिएका नेपालीहरुले अबिलम्ब शरण लिएर बसिरहेका नेपाली समुदायको मेसिन रिडेबल पासपोर्ट निर्माण प्रक्रिया सुरु गर्न सरकार समक्ष जोडदार माग गरेका छन् ।

MRP Application Collection Camp LAवाणिज्यदुत ऋषि ढकालले घुम्ती सेवा सकिए पनि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) आबेदन संकलन कार्य आफ्नै पहलमा सुचारु राख्ने जानाकरी दिएका छन् । यदि तपाइँ घुम्ती सेवामा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउने अवसरबाट वन्चित हुनु भएको छ भने वाणिज्यदुत ऋषि ढकालको टेलिफोन नम्बर ६२६ ३२० २४३७ मा सम्पर्क राख्न सक्नु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्