एनआरएनएले भुकम्प पीडितका लागि सम्बन्धित गाउँमै १ हजार घर बनाइदिने

२४ बैशाख २०७२, बिहीबार ००:४६ मा प्रकाशित

काठमाडौ, २४ वैशाख । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए) ले नेपाली डाएस्पोराको सहयोगमा भूकम्प प्रभावित ८ जिल्लाका पिडित परिवारको पुंर्स्थापनाका लागि १ हजार घर निर्माण गर्ने घोषणा गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन आयोजना गरि भूकम्प प्रतिरोधात्मक १ हजार घर सम्बन्धित गाउँमै निर्माण गर्ने घोषणा गरेको हो ।

एनआरएनद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संघले भूकम्प प्रतिरोधी एवं पर्यावरणमैत्री घर निर्माण गर्ने तयारी थालेको छ । यसको लागत करिब ३५ करोड रुपैयाँ हुने प्रारिम्भक अनुमान छ । कुन–कुन ठाउँमा कसरी घर निर्माण गर्ने भन्ने विषयमा अध्ययन गर्न एउटा समिति बनाइएको छ ।’ विज्ञप्तिमा अगाडी भनिएको छ, ‘समितिले इन्जिनियर, विज्ञ तथा नेपाल सरकारका प्रतिनिधिहरूसँग छलफल गरी प्रतिवेदन पेस गर्ने छ । सोही आधारमा हामीले भूकम्प प्रभावित विपन्न तथा आय आर्जनको व्यवस्था नभएका परिवारको छनोट गरी घर निर्माण प्रक्रिया थाल्ने छौं ।’

बिज्ञप्तिमा भनिएको छ, ‘भूकम्पले पीडितहरूको आत्मविश्वास गुमेकाले उनीहरूको अवसरको खोजीमा बसाइँसराइ गर्ने र दीर्घकालीन समस्या उत्पन्न हुने खतरा रहेको निष्कर्ष निकाल्दै घर बनाउने योजना अघि सारेको छ । हाम्रो उद्देश्य त्यो ठाउँमा घर बनाउनुमात्र नभएर उहाँहरूलाई गाउँमै बस्न र केही गर्न सकिन्छ भन्ने आत्मविश्वास दिलाउनु पनि हो ।’ घर निर्माण गर्दा स्थानीयबासीको चाहना, स्थानीय संस्कृति र सम्पदाको सम्मान गर्दै घर तथा समुदायको दिगोपनमा जोड दिइने घोषणा संघको छ । ‘स्थानीय संस्कृतिको समेत प्रवद्र्धन हुने गरी नमुना घरहरू बनाउने गैरआवासीय नेपाली संघको कोसिस रहने छ,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘संघले प्राविधिक कार्यका लागि अन्य संघसंस्थासँग समन्वय र सहकार्य गर्ने भएको छ । त्यसका लागि गैरआवासीय नेपाली विज्ञ र स्वयंसेवकहरू परिचालन गरिने छन् । विपेशमा सिकेको सीप नेपालमा हस्तान्तरण गर्न र स्थानीयबासीलाई सीपयुक्त बनाउनसमेत मद्दत गर्ने छ । एक हजार घर बनाउनु ठूलो कुरा नभए पनि यो सुरुवातले आफ्नै ठाउँमा पुनस्र्थापित हुन ठूलो सहयोग पुग्ने छ भन्ने विश्वास छ ।’

विज्ञप्ति अनुसार ८ जिल्लाका १० हजार परिवारलाई आपतकालीन राहत वितरण गर्ने कार्य अन्तिम चरणमा रहेको छ र सिन्धुपाल्चोक, काभ्रे, गोर्खा, लमजुङ, नुवाकोट, धादिङ, रसुवा र रामेछापमा राहत वितरण भैरहेको छ भने साथमा स्वास्थ्य शिविर पनि सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक