माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति कोइरालाबीच भेटवार्ता

२ असार २०६९, शनिबार ०९:०५ मा प्रकाशित

काठमाडौ, २ असार । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शुसील कोइरालाबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति कोइराला निवास महाराजगञ्जमा भएको भेटमा पछिल्लो राजनीतिक संकट र सहमतिका लागि सुरुगर्ने वार्ताका विषयमा छलफल भएको थियो । भेट पछि प्रचण्डले सहमतिको विकल्प नभएको भन्दै सहमतिकोलागी आफूले सक्दो प्रयास जारी राख्ने बताए ।उनले हिजो संविधानसभाले गरेको सहमतिबाट बाँकी रहेका विवादित विषयमा सहमति खोज्नु पर्ने भन्दै शुन्यबाट सहमति खोज्नु दुर्भाग्यपूर्ण भएको बताए ।
भेटमा कोइरालाले सहमतिको बटमलाईन चार पक्षवीच भएको पाँच बुँदे सहमति भएको भन्दै पाँच बुँदे सहमति अनुसार तत्काल प्रधानमन्त्रीले राजिनामा दिएर सहमतिको सरकारको बाटो खोज्नु पर्ने बताए । उनले सहमतिकोलागी छलफललाई निरन्तरता दिने भन्दै पार्टीभित्र थप छलफल गर्ने बताएका थिए । प्रचण्डले पनि पाँच बुँदे सहमति कार्यान्वयनको विषयमा आफूले पनि पार्टीभित्र छलफल गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।  हिजो प्रचण्डले नयाँ चरणको एकता गर्ने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।