अमेरिकी मुलधारको राजनीतिमा जित्यो नेपाली छोरोले, इण्डियन हेड सिटीमा नेपाली मुलका सिटौला उपमेयर बिजयी

२३ बैशाख २०७२, बुधबार १२:३१ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लस एन्जलस, २३ वैशाख । अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकन किरण सिटौलाले पहिलो पटक सफलता हासिल गरेका छन् । अमेरिकाको मेरील्याण्ड राज्यस्थित इण्डियन हेड सिटीमा मंगलबार सम्पन्न भएको सिटि काउन्सिलको निर्वाचनमा नेपाली मुलुका किरण सिटौला उप-मेयर पदमा निर्वाचन भएका हुन् । अमेरिकी मुलधारको राजनीतिमा क्रियाशील बाल्टिमोरका ह्यारी भण्डारीले सिटौलाको बिजय नेपाली अमेरिकनको लागि सुखद खबर भएको प्रतिक्रिया दिएका छन् । उनकै सब्दमा अमेरिकी मुलधारको राजनीतिमा नेपाली अमेरिकन स्थापित हुन सक्छन भन्ने यो गतिलो नजीर हो । मंगलबार सिटि काउन्सिलको सिटी हलमा सम्पन्न निर्वाचनमा सिटौला उपमेयर निर्वाचित भएका हुन् । नेपालको राजधानी काठमाडौंको नक्सालमा जन्मेका नेपाली मुलका सिटौलाले उपमेयरको कार्यकाल चार बर्षको हुने छ । अमेरिकन मुलधारको राजनीतिमा नेपाली नेपाली अमेरिकनले विजयी हाँसिल गरेको यो पहिलो अवशर हो। यस अघि कांग्रेस म्यानको लागि वासिंगटन स्टेटबाट दर्शन रौनियार, स्टेट डेलिगेट्सको लागि एरिजोनाबाट अमृता रेग्मी र बाल्टिमोर बाट ह्यारी भण्डारीले डेमोक्र्याट उम्मेदबारको रुपमा प्रतिस्पर्धा गरेपनि प्रारम्भिक निर्वाचनमै असफल भएका थिए भने भर्जिनियामा जीवन तिवारी स्टेट डेलिगेट्सको लागि यस बर्ष हुने निर्वाचनका लागि प्रतिस्पर्धा गरे पनि उनले आफ्नो उम्मेदबारी फिर्ता लिएका छन्  । मंगलबार सम्पन्न निर्वाचनमा उपमेयर सिटौला संगै डेमोक्र्याटबाट मेयरमा ब्रयाडन पोलिन र काउन्सील म्यानमा कोर्टिस स्मिथ विजयी भएका छन् । राजधानीको प्रतिष्ठितस्कुल बुढानिलकण्ठबाट एसएलसी पास गरेका गरेका सिटौलाले अमेरीकास्थित ओहायो विसलीयन युर्निभर्सिटीबाट अन्डरग्याजुऐट गरेका छन् भने उनि सन २००० मा मेरिल्याण्डमा पर्ने इण्डयन हेड सिटीमा बसोबास गर्दै आएका छन् । स्थानिय समुदायको सेवामा सक्रिय रहेकोले आफ्नो विजयी सम्भव रहेको ठान्ने सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नातकोत्तर गरे लगत्तै मेरिल्याण्ड राजश्व विभागमा सूचना सेवा अन्तर्गत ओवामा कयेर प्रोजेक्ट म्यानेजरका रुपमा कार्यरत रहँदै आएका थिए । मातृभूमि नेपाल महा भुकम्पको पिडा र त्राशादिले ग्रसित रहेको बेला नेपाली भाषीको लागि यो खबर संसार भरिका नेपालीका लागि सुखद हुने एक नेपाली अमेरिकनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।