इपिएस परीक्षा सार्ने तयारी

२३ बैशाख २०७२, बुधबार १०:५७ मा प्रकाशित

काठमाण्डौ बैशाख २३ । रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा सर्ने भएको छ । इपिएस कोरिया शाखाले आउँदो जेठको ३० र ३१ गतेका लागि तय गरेको परीक्षा मिति सार्ने तयारी गरेको हो ।
भूकम्पका कारण धेरै ठाउँमा क्षति पुगेकाले भाषा परीक्षा सार्ने तयारीमा रहेको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका प्रमुख डिल्ली बाँस्तोलाका अनुसार परीक्षा सार्नेबारे अहिले औपचारिक निर्णय भने भैसकेको छैन ।
आउँदो आइतबार बस्ने बैठकले परीक्ष मिति सार्ने बारे औपचारिक निर्णय गर्नेछ । भाषा परीक्षाका लागि देशभरबाट ५१ हजार ३ सयले आवेदन दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालको १३औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले इञ्जिनियर भगवानबहादुर राउतलाई पुनः अध्यक्षमा चयन गरेको

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

काठमाडौं । नेकपा ओली समूहको संसदीय दलको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा ओली

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन भोलि आइतबारदेखि शुरु हुँदैछ ।