सरकारले सेल्टरको व्यवस्था गर्ने गृहकार्य थाल्यो

२३ बैशाख २०७२, बुधबार १०:५४ मा प्रकाशित

काठमाण्डौ बैशाख २३ । सरकारले बालबालिका, सुत्केरी र गर्भवतीलाई प्राथमिकतामा राखेर सेल्टरको व्यवस्था गर्ने गृहकार्य थालेको छ । स्वास्थ्य मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. गुणराज लोहनीले पहिले बालबालिका, महिला, बुढाबुढी र त्यसपछि अरुलाई प्राथमिकता दिइने बताउनुभयो ।
तर मन्त्रालयले बालबालिका, सुत्केरी र गर्भवतीलाई सेल्टरमा राख्ने गृहकार्य थालेको बताए पनि अहिलेसम्म कति समस्यामा परेका छन् भन्ने तथ्यांक संकलन गर्न सकेको छैन । यसले गर्दा सेल्टरमा राख्ने काममा ढिलाई हुनेभएको छ ।
भूकम्प गएको झण्डै दुई हप्ता हुन लाग्दा पनि मन्त्रालयले नवजात शिशु, सुत्केरी र गर्भवतीका लागि राम्रो व्यवस्था गर्न सकेको छैन । निजी क्षेत्रको प्रयासमा केही सुत्केरीले ओभानो ओछ्यान पाए पनि धेरैजसो चिसो चौरमा पालमुनि बस्न बाध्य छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो