माओवादी वैद्य समुहको राष्ट्रिय भेला सुरु

२ असार २०६९, शनिबार ०९:०४ मा प्रकाशित

काठमाडौ, २ असार । एकीकृत नेकपा माओवादीको बैद्य पक्षको भेला अहिले सुरु भएको छ । पार्टी एकीकरणको प्रयास असफल  छुट्टै रणनीतिमा लागेको बैद्य पक्षले बोलाएको कार्यकर्ता भेलामा करिब ३५ सय कार्यकर्ताको सहभागिता रहेको छ ।  काठमाण्डुको वौद्धमा अहिले उद्घाटन सत्र चलिरहेको बेलामा भेलामा उपाध्यक्ष मोहन वैद्य किरणले राजनीतिक प्रतिवेदन पेश गर्नुहुनेछ । पार्टी संस्थापन पक्षले एकताको नाममा भेलालाई कमजोर पार्ने र प्रभावित गर्ने उद्देश्य मात्रै लिएकाले भेला कायम राखेको र भेलाबाटै आगामि बाटो तय गर्ने पोलिटब्युरो सदस्य धर्वेन्द्र वास्तोलाले जानकारी दिनुभयो । आजको भेलाबाट नयाँ पार्टीको अवधारणा समेत बन्ने उहाँले बताउनुभयो । वैद्यको प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष तथा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भण्डाफोर गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार