सेनाद्वारा उद्धार कार्य जारी

२३ बैशाख २०७२, बुधबार १०:४१ मा प्रकाशित

काठमाण्डौ बैशाख २३ । नेपाली सेनाले भुकम्पबाट प्रभावित जिल्लाहरुको बिभिन्न गा.बि.स.हरुमा उद्धार तथा राहत पु¥याउने कार्य जारी राखेको छ ।
सेनाले आफ्नो अधिकतम फौजहरु परिचालन गरी प्रभावकारी ढंगले आफुसंग उपलब्ध श्रोत, साधनको प्रचुर मात्रामा प्रयोग गरी उद्धार तथा राहत पु¥याउने कार्यलाई प्राथमिकताका साथ कार्य सम्पादन गर्दै आईरहेको बताएको छ ।
यस्तै मंगलबार प्रधानसेनापति गौरव शम्शेर ज.ब.रा. प्रधानमन्त्री सुशील कोईरालाको साथमा भुकम्पबाट बढी मानवीय क्षति व्यहोर्नु परेको गोरखा जिल्लाकोे बारपाक, लाप्राक तथा सदरमुकाम ईलाकाको स्थलगत निरिक्षण भ्रमण समेत गरेका थिए । त्यस्तै उक्त ईलाकाहरुमा प्रधानमन्त्री कोईरालाले स्थानियहरूसंग अन्तरक्रिया समेत गरेको सेनाले बताएको छ ।
मंगलबार नेपाली सेनाले धादिङबाट १ र गोरखा जिल्लाबाट ५ जना भुकम्प पिडीत स्वदेशी नागरिकहरुलाई हवाई साधनबाट उद्धार गरेकोे छ । त्यसैगरी मंगलबारै धादिङ जिल्लाबाट स्वदेशी नागरिक १, दोलखाबाट स्वदेशी नागरिक ९ र विदेशी नागरिक १७ र गोरखा जिल्लाबाट स्वदेशी नागरिक ४७ जना गरी बिभिन्न स्थानमा अलपत्र परेका ५७ जना स्वदेशी नागरिक र १७ जना विदेशी नागरिकलाई हवाई साधनद्धारा उद्धार गरेको उसले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री