महाभारत रोक्ने नरोक्ने जिम्म एमाले र काग्रेसकोः प्रचण्ड

१ असार २०६९, शुक्रबार १८:२६ मा प्रकाशित

काठमाडौ, १ जेठ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयताको विषयमा पहिलानै छलफल गरेको भए पहिचान सहितको राज्य पुर्नसंरचना बनाउने यूद्ध जित्ने सम्भावना रहेको बताएका छन् ।
उनले माओवादी विरुद्ध जेठ  २६ गते काग्रेस र एमाले सहित २६ दल र २७ गते र राप्रपा नेपालले आयोजना गरेको शक्ति प्रर्दशनप्रति ब्यङग्य गर्दै भने– तपाईहरुले गाएको कस्तो भयो, हामिले सुसेल्दै यस्तो छ । नानीले नाचेको र नानिको बुबाले खुट्ट उचालेको उस्तै हुँदैन अझै नानीको  बाबुले नाच्यो भने के हुन्छ अनुमान गर्नुस ।
आफूले नेपाली सेना अब गणतान्त्रिक सेना भएको र माओवादीका सेना समेत समायोजन भएकोले माओवादीको समेत सेना भएको कुरालई बङग्याईएको दावी गर्दै आजको सभालाई आवश्यक परे महाभारतको अन्तिम तयारी समेत हुने चेतावनी दिए ।
मुलुकमा सहमतिको आवश्यकता हिजो भन्दा अहिले झनै आवश्यक भएको भन्दै निर्वाचनमा जान र संविधान संसोधनकोलागी पनि सहमति आवश्यक भएको बताए । उनले माओवादी शक्तिशाली भएकोले सहमतिकोलागी बढी जिम्मेवार हुनु पर्ने भन्दै नयाँ सिराबाट सहमति गरेर अगाडि बढ्नु पर्ने बताए ।
संविधानसभाबाट संविधान जारी गर्नु माओवादीको बटम लाईन भएको भन्दै संविधान जारी गर्ने अरु बाटो हुनै नसक्ने ठोकुवा गरे । प्रचण्डले संविधानका विवादित विषयमा जेठ १४ सम्म भएका छलफलको आधारमा अगाडि बढ्नु पर्ने भन्दै शुन्यबाट सुरु हुन नसक्ने स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव