राष्ट्रपतिलाई उकासेर माघ १९ दोहोर्याउने षडयन्त्र भईरहेको प्रधानमन्त्रीको दावी

१ असार २०६९, शुक्रबार १८:२३ मा प्रकाशित

काठमाडौ, १ असार । प्रधानमन्त्री डा बाबुराम भट्टराईले केही शक्तिहरुले राष्ट्रपतिलाई उकासेर संबैधानिक घेरा तोड्न लगाई असोज १८ र माघ १९ जस्तो अवस्था दोहोर्याउन खोजीरहेको आरोप लगाएका छन ।
पार्टीले खुलामन्चमा आयोजना गरेको शक्ति प्रर्दशन सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले एमाले र काग्रेसको नामै लिएर त्यस्ता शक्तिले राष्ट्रपतिलाई दवाव दिईरहेको भन्दै राष्ट्रपतिलाई उकासेर संविधान तोडेर प्रधानमन्त्री हटाउन खोज्नेहरुले भोली राष्ट्रपतिलाई पनि हटाउने दावी गरे ।
उनले अन्तरिम संविधान भताभुङग पारेर २०४७ सालको संविधान ब्यूताएर राजा फर्काउन लागिपरेको भन्दै त्यसतर्फ सचेत रहन आब्हान गरे ।
उनले भने–काग्रेस र एमालेलाई गैरसम्बैधानिक कदम नचाल्न आग्रह गर्छु । यो उपलब्धि गुमे ठूलो मुल्य चुकाउनु पर्छ ।
प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारलाई नै सहमतिको सरकारमा रुपान्तरण गरेर निर्वाचनमा जानु पर्ने आवश्यकता औल्याउँदै निर्वाचन घोषणाको विकल्प नभएको बताए ।
उनले निर्वाचन गरेर  आवश्यक परे दुई तिहाई बहुमत ल्याएर निर्वाचनबाट संघीयताको मुद्दाको छिनोफानो गर्ने समेत स्पष्ट पारे ।
संविधानसभाबाट संविधान जारी गर्ने  विषयमा आफूहरु चुकेको उल्लेख गर्दै संघीयताको विषयमा पछि छलफल गर्नु र सहमतिको आधार पहिचानसहितको संघीयता वा अन्य भन्नेमा चुकेको बताए ।
संविधानसभाको विघठनको रुपमा एउटा दुर्घटना भयो भन्दैमा नयाँ यात्रा रोक्न नहुने भन्दै अर्को निर्वाचन गरेर  अगाडि बढ्नु पर्ने बताए ।
प्रधानमन्त्रीले पार्टी फुटलाई रोक्न सबै कामको समिक्षा गरेर विधी निश्चित गर्नु पर्ने भन्दै त्यसकोलागी प्रधानमन्त्री पद त्याग्न समेत तयार रहेको घोषणा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका

म्याग्दी । पहिराले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेको छ । गुर्जाको खास्टा भन्ने ठाउँमा