पहिरोमा पुरिएर सिन्धुपाल्चोकमा ३ जना बालबालिकाको मृत्यु

१ असार २०६९, शुक्रबार १८:१९ मा प्रकाशित

सिन्धुपाल्चोक, १ असार । पहिरोमा पुरिएर सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाविस वडा नम्बर–२ मा आज ३ जना स्कुले बालबालिकाको मृत्युभएको छ । मृत्यु हुनेमा चेतिका देवी माध्यामिक विद्यालयको कक्षा ७ मा अध्ययन गर्ने १३ बर्षिया सम्झना खत्री र १४ बर्षिया रविकिरण कार्की रहेका छन् । त्यस्तै कक्षा ५ मा अध्ययन गर्ने १३ बर्षिया समीक्षा कार्कीको पनि पहिरोमा पुरिएर मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी निरीक्षक बालकृष्ण पोखरेलले जानकारी दिनुभयो । निरीक्षक पोखरेलका अनुसार विहान करिब १० बजे तिर स्थानीय सोनेगौरा पौडेल खोल्सामा पानी खान गएका बालबालिका माथिबाट आएको पहिरोमा पुरिएका थिए । मृतक ३ नै जनाको शव स्थानीय बासिन्दा र प्रहरीको सक्रियामा उद्धार गरी आफन्तलाई जिम्मा लगाइ सकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) हिजो साँझ चोरी भएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको