आर्सनलको दोश्रो स्थानमा बलियो दाबेदारी

२२ बैशाख २०७२, मंगलवार १०:४३ मा प्रकाशित

एजेन्सी बैशाख २२ ।आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको दाबेदारी बलियो बनाएको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले एलेक्स सान्चेजको दुई गोलको मदतमा हल सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै आर्सनल र म्यानचेष्टर सिटीको अंक समान भएको छ ।
हल सिटीको भने रेलिगेशन खतरा बढेको छ । हल मात्र १ अंकले रेलिगेशनबाट माथि छ ।
आर्सनलले २८ औं मिनेटमा सान्चेजको गोलबाट अग्रता लिएको थियो । ३३ औं मिनेटमा राम्सीले गोल गरे ।
पहिलो हाफको अन्तिम मिनेटमा सन्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै टीमलाई ३–० को अग्रता दिलाए । यो प्रिमियर लिगमा सान्चेजको १६ औं गोल हो ।
दोस्रो हाफको ५६ औं मिनेटमा हलका लागि क्विनले गरेको गोल सान्त्वना मात्र भयो ।
जितपछि आर्सनलको ३४ खेलबाट ७० अंक भएको छ । एक खेल बढी खेलेको म्यानचेष्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
हल भने ३५ खेलबाट ३४ अंकका साथ १७ औं स्थानमा छ । रेलिगेशन जोनको शीर्ष स्थानमा रहेको सण्डरल्याण्डको ३३ अंक छ ।
प्रिमियर लिगको उपाधि भने तीन खेल खेल्न बाँकी छँदै चेल्सीले जितिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा