पपुवा न्युगिनीमा पनि भूकम्प, सुनामीको खतरा

२२ बैशाख २०७२, मंगलवार १०:३० मा प्रकाशित

एजेन्सी बैशाख २२ । पपुवा न्युगिनीमा ७.४ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । पपुवाको दक्षिणी तटिय क्षेत्रमा गएको भुइँचालोपछि सुनामीको खतरा उत्पन्न भएको छ । सरकारले भुकम्पको केन्द्रविन्दु आसपासको ३ सय किलोमिटर क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार कोकोपो सहर भन्दा ८३ माइल दक्षिण पश्चिम केन्द्र विन्दु बनाएर भुकम्प गएको हो ।
७.४ म्याग्नेच्युडको मुख्य धक्काको १० मिनेटपछि नै ५.९ रेक्टरको पराकम्पन गएको थियो । तत् पश्चात पनि ५ रेक्टर भन्दा माथिका दुइवटा पराकम्पन गैसकेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
भुकम्पबाट भएको क्षतिको विवरण प्राप्त भैनसकेको तथा भुकम्पीय क्षेत्रमा निकै पातलो बस्ती रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।