डिभिको नतिजा आज सार्वजनिक

२२ बैशाख २०७२, मंगलवार १०:२५ मा प्रकाशित

काठमाण्डौ बैशाख २२ ।  सन् २०१६ को डिभी लटरीको नतिजा आज सार्वजनिक भएको छ । डिभी भरेर अमेरिका जान चाहनेले भरेको आवेदनको नतिजा बेलुकीसम्म सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्ममा आवेदन दिएकाहरुको नतिजा सार्वजनिक हुन लागेको हो ।
डिभीको नतिजा आधिकारिक वेवसाईट www=dvlottery=state=gov/ESC/मा गएर हेर्न दूतावासले आग्रह गरेको छ ।

डिभी परेरनपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।
यस्तै नतिजा थाहा पाउन काठमाडौंको महाराजगञ्जमा रहेको अमेरिकी दूतावासमा सोधपुछ गर्न पनि सकिनेछ ।

दूतावासले फारम भरेका सबैलाई डिभी नपर्ने र परेकालाई पनि मापदण्ड पूरा गरेर मात्र अमेरिका लैजाने भएकाले हल्लाको पछि नलाग्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र