भूकम्पको प्रभाव मानसिक समस्यासम्म

२२ बैशाख २०७२, मंगलवार १०:२० मा प्रकाशित

काठमाण्डौ बैशाख २२ । वैशाख १२ गतेको महाभूकम्प र त्यसपछि लगातार गइरहेको पराकम्पनले सर्वसाधारणमा मानसिक रोगको समस्या देखिन थालेको छ ।
महाभूकम्पछि महामारी फैलिने हल्लासँगै १० लाख भन्दा बढीले राजधानी छाडिसकेका छन् भने बालबालिकादेखि बयस्कसम्म मानसिक समस्या बढेको चिकित्सकहरु बताउछन् ।
मानसिक रोगको तत्काल उपचार सम्भव नभएकाले सरकारले आवश्यक ध्यान पु¥याउनुपर्ने मानसिक रोग विशेषज्ञहरुको सुझाव रहेको छ ।
दैवी विपत्तिसँगै भयावह देखेका र अनुभव गरेका तथा टेलिभिजन र पत्रपत्रिकामा बिभत्स दृष्य तथा समाचार हेरेका सर्वसाधारणमा मानसिक रोगका विभिन्न किसिमका समस्या देखिन थालेका छन् ।
पटक–पटक भूकम्पको अनुभव गरेका सर्वसाधारणमा स्थिर अवस्थामा पनि पटक पटक भूकम्पको धक्का महसुु भइरहने, निद्रा नलाग्ने, टोलाउने र मानवीय क्षतिसहित विपत्तिलाई आफ्नो आँखाले प्रत्यक्ष देखेकाहरु चिच्याउने जस्ता समस्या देखिन थालेका छन् ।
काठमाडौ विश्वविद्यालयका प्राध्यापक तथा ओम अस्पतालका मानसिक रोग विशेषज्ञ डा. पुष्प शर्माले विपत्तिपछि यस्ता किसिमका समस्या अन्य मुलुकमा पनि देखिने गरेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनको सुनुवाइपछि सो कदम असंवैधानिक भएको ठहर गर्दै पुनःस्थापना

काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र