विदेशी उद्दार टोलीलाई स्वदेश फर्कन आग्रह – भारतको भने नेपाल नछाड्ने संकेत

२२ बैशाख २०७२, मंगलवार १०:१६ मा प्रकाशित

काठमाण्डौ बैशाख २२ । परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर उद्दार टोलीहरुलाई स्वदेश फर्कन आग्रह गर्नूभएपनि भारतीय सेनाको टोलीले भने परराष्ट्रमन्त्रीको आदेशलाई अटेर गर्दै त्रिभुवन विमानस्थल नछाड्ने संकेत दिएको छ ।
भारतीय सेनाका मेजर जनरल जे.एस. सन्धु यतिबेला त्रिभुवन विमानस्थलमा क्याम्प बनाएर बसेका छन् । सन्धुले अब भारतीय हेलिकोप्टरहरु राहत वितरण कार्यमा खटिन थालेको बताएर मन्त्री पाण्डेको आदेशलाई चुनौती दिएका छन् ।
सन्धुले सार्वजनिक गरेको जानकारीअनुसार भारतले यतिबेला नेपालमा १३ वटा हेलिकोप्टर, २८ वटा मेडिकल टीम र १४१५ जना उद्धारकर्मी (सेना) खटाएको छ । ६ वटा हेलिकोप्टर काठमाडौंमा र ७ वटा पोखरा विमानस्थलमा रहेको उनले बताएका छन् ।
भारतीय सेनाको टोलीले नेपाली सेनाको अनुमतिमा काम गरिरहेको सन्धुको भनाइ छ ।
यसका लागि भारतीय सेनाले नेपाली सेनाका अधिकारीसँग समन्यव गर्ने र राहत वितरणमा खटिने तर्क अघि सारेका छन् ।
दैवी विपत्ति परेका बेला नेपालमा प्रवेश गरेका भारतीयहरु नफर्कने र नेपालमै अड्डा जमाएर बस्ने गरेको दृष्टान्त विगतमा पनि छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ