बहु प्रतिक्षित डाइभर्सिटी भिषा ‘डिभी लोटरी’ २०१६ को नतिजा आज सार्वजनिक हुँदै

२२ बैशाख २०७२, मंगलवार ००:२७ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस, २२ वैशाख । अमेरिकन सरकारको लोकप्रिय आप्रवाशन कार्यक्रम अन्तर्गत यस बर्षको बहु प्रतिक्षित डाईभर्सिटी भिषा कार्यक्रमको नतिजा नेपाली तिथि अनुसार आज मंगलबार सार्वजनिक हुँदै छ । अमेरिकन सरकारले डिभी लोटरी २०१६ को नतिजा नेपाली तिथि अनुसार आज मंगलबार सार्वजनिक गर्न लागेको हो ।

डाभर्सिटी भिसा प्रोग्राम अन्तरगत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरु देशका नागरिकहरुले सन् २०१४ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म भरेको डिभी लोटरीको नतिजा नेपाली तिथि अनुसार आज सार्वजनिक गर्न लागेको हो ।

अमेरिकन अध्यागमन तथा आप्रवाशन विभाग (डिभी प्रोग्राम)ले सन् २०१६ मा अमेरिका जान चहानेले भरेको आवेदनको रिजल्ट मंगलबार सार्वजनिक गर्ने जानकारी गराएको छ ।

अमेरिकन अध्यागमन तथा आप्रवाशन विभाग (डिभी प्रोग्राम)ले डिभी भरेकाहरुलाई आफ्नो नतिजा डिभीलोटरी डट स्टेट डट जिओभीमा (www.dvlottery.state.gov) हेर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

न्यूयोर्क । रुसी विपक्षी नेता अलेक्सी नाभाल्नी विष प्रकरणमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले रुसका शीर्ष

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।