सहमतिका लागि प्रधानमन्त्री जिम्मेवार बनः देउवा

१ असार २०६९, शुक्रबार १८:१६ मा प्रकाशित

काठमाडौ, १ असार । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई जिम्मेवार बन्न आग्रह गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घको १० औँँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै उहॉले मुलुक अहिले अत्यन्त अप्ठेरो अवस्थाबाट गुज्रिरहेकोले राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री जिम्मेवार बन्नुपर्ने बताउनुभयो । संविधान नै निर्माण नगरी संविधानसभाको विघटन हुनुले सबैलाई चिन्तित बनाएको बताउँदै उहाँले राष्ट्रिय सहमति भएमा हालसम्मका उपलब्धिलाई रक्षा गर्दै देशको सङ्क्रमण अन्त्यका लागि विभिन्न विकल्पमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो । जातीयरुपमा देखिएकोे तिक्तताले देशमा केवल द्वन्द्वमात्र बढाउने छ भन्दै नेता देउवाले सबै जातजातिबीच आपसी भाइचारा अभिवृद्धि हुनु आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत

काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत्