एसएलसीमा छात्रातर्फ अनुपमा पहिलो

१ असार २०६९, शुक्रबार १५:४१ मा प्रकाशित

काठमाडौं , १ असार । यस वर्षको एसएलसी परिक्षामा छात्रा तर्फ काठमाडौकी अनुपमा थापा प्रथम भएकी छन् । कुल ८ सय पूर्णाङ्कको परीक्षामा भिएस निकेतनकी थापाले ७ सय ४३ अंक प्राप्त गरेकी छन् । गुल्मीको जुभुङ स्थाइ घर भएका थापा हाल कोटेश्वर बस्दै आएकी छन् ।
सञ्चारमाध्यममा समीक्षा पाण्डे छात्रातर्फ प्रथम भएको भनेर आएपनि उनको ९२ प्रतिशत छ भने थापाले ९२.८७ प्रतिशत प्राप्त गरेकी छन् । भिएस निकेतनका प्रिन्सीपल बाबुराम पोखरेलले  छात्रातर्फ थापानै प्रथम भएको दाबी गरेका छन् ।
दैनिक ८ घण्टा पढ्ने थापाले विद्यालय जीवनमा ट्युसन पढेकी थिइनन । थापा भन्छिन मेहनतको फल मिठो हुदो रहेछ । परिक्षा दिदा ९० प्रतिशतमात्र आउछ भनेर अपैक्षा गरेकी थापाले छात्रा तर्फबाट नेपारभरिमै प्रथम भएको थापा पाउदा सुरुमात विश्वासै गर्न सकिनन ।
थापाकी दिदि अमृता थापाले रिजल्ट हेरेपनि थापा स्वयमलाई मार्कसिट नहेरेसम्म विश्वासै लागेको थिएन । राष्ट्रिय बाणिज्य बैकका जागीरे दिनेशविक्रम  थापाकी छोरी अनुपमा थापा सानैदेखि पढाईमात्र होइन बाहिरि क्रियाकलापमा पनि अम्बल दर्जाकी थिइन ।
उनले एक सय पूर्णाङको अंग्रेजीमा ९६, नेपालीमा ८५, गणितमा ९६, विज्ञानमा ९८, सामाजिक शिक्षामा ८५, स्वाथ्य जनसंख्या तथा वातावरणमा ९०, ऐच्छिक गणितमा ९९, ऐच्छिक कार्यलय व्यवस्थापन तथा लेखामा ९४ अंक प्राप्त गरेकी छन् ।
विराटनगर १५ स्थित वालकल्याण विद्यामन्दिर बीकेभीएम का छात्र अरुण कालिकोटलिे ९४.९ पैतिशत अर्थात ७ सय ५९ अङ्क प्राप्त गरेका छन् भने कोसी विद्यामन्दिरका अवेशजङग कार्कीले ९४.५ प्रतिशत अर्थात ७ सय ५९ अङक ल्याएका छन् ।
तिनवटै विद्यालयले आफना विद्यार्थी बोर्डमा सर्वाधिक अङक ल्याउनेमा प्रथम ,दोस्रो र तेस्रो भएको दावी गरेका छन् । कालिकोटीले अग्रेजीमा ९६, नेपालीमा ८५, अनिवार्य गणितमा ९९, विज्ञानमा ९१, सामाजिक शिक्षामा ९६, वातावरण जनसख्या तथा स्वास्थ्यमा ९८ तथा ऐच्छिक गणितमा ९८ र कम्प्युटरमा ९९ नम्बर प्राप्त गरेका छन् ।
विराटनगर ७ निवासी कालिकोटीले विद्यालय समयका अतिक्ति दैनिक १० घन्टाको रुटिन बनाएर अध्ययन गर्ने रहेको बताए । आफुले निकै ठुलो सफलता पाएको र त्यसलाई कायम गर्दै लैजाने चुनौती थपिएको पनि बताए । आफनो सफलताको पछाडि अभिभावक र विद्यालयको महत्वपूर्ण भुमिका रहेको कालिकोटीले बताए । बीकेभीएमका प्रधानाध्यापक रविन दाहालले विद्यालयले पैदान गरेको शिक्षालाई सहज रुपमा ग्रहण गरेकै कारण सफलता मिलेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई

लमजुङ: जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले आफ्ना कर्मचारीलाई निवासबाहिर ननिस्कन निर्देशन दिएको छ । नेपाल सरकारले चैत १६ देखि लकडाउन घोषणापछि

विर्तामोड । मेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–७