सरकारले भारतबाट एक लाख पाल ल्याउँदै

२१ बैशाख २०७२, सोमबार ११:४६ मा प्रकाशित

काठमाण्डौ बैशाख २१ ।सरकारले आज भारतबाट झण्डै एक लाख पाल ल्याउने तयारी गरेको छ । भूकम्प पीडितले पाल नपाएको गुनासो व्यापक रुपमा बढेपछि सरकारले पाल ल्याउने तयारी गरेको हो ।
अहिलेसम्म १ लाख ५५ हजार पाल वितरण भैसकेको गृह मन्त्रालयले जनाएको छ । तर ४ लाखभन्दा धेरै आवश्यक पर्ने भएकाले भारतबाट स्थलमार्ग हुँदै एकलाख पाल नेपाल ल्याउने तयारी भैरहेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनुभयो ।
उहाँका अनुसार आज ल्याइएको पाल भोली नै प्रभावित क्षेत्रमा पठाइनेछ । आइतबार हेलिकप्टर र स्थालमार्गको प्रयोग गरेर विभिन्न ठाउँमा राहत सामग्री पु¥याएको सरकारले सोमबार पनि यसलाई निरन्तरता दिनेछ ।
यसैगरी आफन्त हराएकाले सरकारको हेल्पलाइन नम्बर १२३४ मा खबर गर्न सक्ने छन् । १२३४ नम्बरमा फोन गर्दा पैसा लाग्दैन । यो नम्बरमा जानकारी गराएपछि मन्त्रालयले खोजी तथा उद्धारमा सहयोग गर्ने प्रवक्ता ढकालको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक

राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न