भूकम्पबाट ज्यान गुमाएकाको मोक्ष प्राप्तिको कामना गरी बुद्ध जयन्ती मनाईंदै

२१ बैशाख २०७२, सोमबार ११:४४ मा प्रकाशित

काठमाण्डौ बैशाख २१ । आज वैशाख शुक्लपूर्णिमा, देशभर बुद्ध जयन्ती मनाईंदैछ । राष्ट्रिय बुद्ध जयन्ती मूल समारोह समितिले यस वर्षको बुद्ध जयन्ती भूकम्पका कारण जीवन गुमाउनेका लागि निर्वाण अर्थात मोक्ष प्राप्ति र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै मनाउने जनाएको छ ।
समितिका संयोजक एवम् लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. नरेशमान बज्राचार्यका अनुसार सम्पूर्ण बौद्ध सङ्घसंस्थालाई पीडितको उद्धार तथा राहतमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।
पछिल्ला वर्षमा स्वदेशमा मात्र नभएर विदेशमा पनि बुद्ध जयन्ती भव्यताकासाथ मनाउने प्रचलन बढ्दै गएको छ ।
सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५६३ तिर नेपालको लुम्बिनीमा भएको थियो । वैशाख शुक्ल पूर्णिमाको दिन जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गर्नुभएको थियो ।
निरन्तर ४५ वर्षसम्म बुद्ध धर्मको प्रचार गरेपछि ८० वर्षको उमेरमा वैशाख पूर्णिमाकै दिन भारतको कुशीनगरमा भगवान गौतम बुद्धको महापरिनिर्वाण भएको थियो । विश्वभर शान्ति, मैत्री, करुणा र अहिंसामा आधारित बुद्ध धर्मलाई शान्तिको धर्मका रुपमा लिँदै आइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका