दस दिनपछि दुई घाइतेको उद्धार

२१ बैशाख २०७२, सोमबार ११:४२ मा प्रकाशित

काठमाण्डौ बैशाख २१ । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घाइते भएका उत्तरी भेगका दुईजनालाई उद्धार गरिएको छ ।
सदरमुकामबाट गएको माउन्टेन एयरको हेलिकोप्टरले सिर्दिवास गाविसका ६० वर्षीय पेम्बा छेवाङ र छेकम्पार गाविसकी २३ वर्षीया तेनजिङ डोल्मालाई आज उद्धार गरेर उपचारार्थ जिल्ला अस्पताल गोरखा ल्याएको छ । छेवाङ भारी बोक्ने काम गर्छन् ।
त्यस्तै डोल्मा छेकम्पारस्थित राजेन गुम्बाकी आनी हुन् । भूकम्प आएपछि अत्तालिएकी डोल्मा लडेर घाइते हुनुभएको थियो ।
आज खाद्यान्न लिएर माउन्टेन एयरको हेलिकोप्टर छेकम्पार अवतरण भएपछि आनीलाई सदरमुकाम झारिएको हो । उहाँलाई कृत्रिम अक्सिजन दिइएको छ । दुर्गम भेगका भूकम्प पीडितहरुलाई राज्यले समयमै उद्धार गर्न नसकेकोमा दुर्गमबासीहरु गुनासो गर्छन् ।
हिजो मात्रै सिन्धुपाल्चोकमा तीन र नुवाकोटमा एक जनाको जिवितै उद्धार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा