भूकम्पमा मृतकको संख्या ७ हजार २ सय नाघ्यो

२१ बैशाख २०७२, सोमबार ११:३९ मा प्रकाशित

काठमाण्डौ बैशाख २१ । गत शनिबार गएको विनाशकारी भूकम्पमा परेर मृत्यु हुनेको संख्या ७ हजार २ सय ७६ पुगेको छ भने १४ हजार ३ सय घाइते भएका छन् । त्यसमध्ये ७ हजार १ सय २० जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।
भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षेत्र सिन्धुपाल्चोकमा भएको छ । सिन्धुपाल्चोकमा २ हजार ८२९ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । काठमाडौंमा १ हजार १८५, भक्तपुरमा २७७ र ललितपुरमा १७३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १४ विदेशी नागरिक छन् । ५१ जना घाइते छन् । १०९ जना विदेशी नागरिक अझै बेपत्ता रहेको अनुमान छ ।
भूकम्पमा परेर १४ हजार २६७ जना घाइते भएका छन् । ति घाइतेहरुको काठमाडौं उपत्यकासहित बिभिन्न अस्पताल र अस्थायी स्वास्थ्य शिविरहरुमा उपचार भैरहेको छ ।
भग्नावशेषमा पुरिएकाहरुको खोजी जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव