संस्थापन पक्षको वितण्डा चिर्दै बैद्यपक्षले राष्ट्रिय कार्यकर्ता भेला गर्ने

१ असार २०६९, शुक्रबार १३:१४ मा प्रकाशित

काठमाडौ, १ असार । एकीकृत नेकपा माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरण समूहले बोलाएको  राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ ।
सो समूहको आज बसेको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिको बैठकले कुनै पनि हालतमा भोलीबाट हुने राष्ट्रिय भेला पूर्व निर्धारित कार्यक्रम अनुसार नै अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकले आफूहरुको कार्यकर्ता भेलालाई रोक्न संस्थापन पक्षले जनप्रर्दशनको नाममा र विभिन्न वितण्डा मच्चाएको ठहर गर्दै भेला कुनै पनि हालतमा नरोक्ने स्पष्ट पारेको हो । सो समूहले संस्थापन पक्षको हतकण्डालाई परास्त गर्दै भेला सफलातपूर्वक सम्पन्न गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
बैद्य पक्षका कार्यकर्ता आज साँझसम्म देशभरीबाट काठमाडौ आईपुग्ने र आजै रातीसम्म दर्ता गरेर भोली राजधानीको बौद्धमा कार्यकर्ता भेलाको आयोजना गर्ने छ । भेलामा पेश गर्ने पार्टीको विधान र राजनीतिक प्रतिवेदन, पार्टी एकताकोलागी भएको प्रयास र सस्थापन पक्षले गरेको पार्टी नीति विपरितका काम कारवाहीका विषयमा छलफल भएको थियो ।
यसअघि असार १५ गतेकोलागी संस्थापन पक्षले बोलाएको विस्तारित बैठक भने पार्टी एकताकोलागी भन्दै स्थगित गरेर आज जनप्रर्दशनको निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।