हत्या गरिएका सर्वोच्चका न्यायाधिस बम सहिद घोषित

१ असार २०६९, शुक्रबार ११:२२ मा प्रकाशित

काठमाडौ, १ असार । केही समयअघि हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधिस रणबहादुर बमलाई मन्त्री परिषदको बैठकले सहिद घोषणा गरेको छ ।
आज बसेको बैठकले बमलाई सहिद घोषणा गर्दै १० लाख रुपैया दिने निर्णय गरेको शिक्षा मन्त्री दिनानाथ शर्माले जानकारी दिए ।
बैठकले बम हत्या काण्डको छानविन गर्न सर्वोच्च अदालतका पूर्व प्रधानन्याधिस सुरेन्द्र शर्माको संयोजकत्वमा तीन सदस्य छानविन आयोग गठन गरेको छ । आयोगमा सहमहान्यायधिवक्ता प्रेम कार्की र प्रहरी प्रधान कार्यालयका डिआईजी नरेश गुरुङ सदस्य रहेका छन् । बैठकले बमको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय पनि गरेको  छ।
बैठकले भारतीय जल सेनाका सेनाध्यक्ष विक्रम सिहलाई राष्ट्रपतिको हातबाट मानार्थ महारथीको पदवी दिन निमन्त्रणा गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिए । त्यसैगरी
बनेपा बर्दिवास सडक खण्ड निर्माणकालागी जापान सरकारबाट अनुदान स्वरुप प्राप्त हुने ४ अर्ब ६९ करोड ७० लाख रुपैया स्विकार गर्ने, बन पैदावार कानून निर्माणको जिम्मा भूमिसुधार मन्त्रीलाई दिने र झापाका पत्रकार यादव पौडेल हत्याको छानविन गर्न बनेको आयोगको म्याद १५ दिन थप्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार