भूकम्प प्रभावित क्षेत्रमा अब सबैले राहत बाँड्न पाउने

२० बैशाख २०७२, आईतवार १७:२१ मा प्रकाशित

काठमाण्डौ बैशाख २० । भूकम्प प्रभावित क्षेत्रमा आफुखुसी व्यक्ति र संघसंस्थाले राहत बाड्न नपाउने निर्णय सरकारले फिर्ता लिएको छ । निर्णय फिर्तासंगै सो क्षेत्रमा अब सबैले राहत वितरण गर्न पाउने भएका छन् ।
आज बिहान बसेको प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठकले अबदेखि सबैलाई राहत वितरण गर्न दिने सहमति गरेको हो ।
यसअघि सरकारले भूकम्पपीडितलाई एकद्धार प्रणालीबाट मात्र राहत वितरण गर्ने व्यवस्था गरेको थियो ।
यसरी वितरण गर्दा राहत वितरण ढिला भएको र पीडितले राहतको महसुस गर्न नपाएको भनेर सरकारको चर्को आलोचना भएको थियो ।
विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा अझैसम्म पनि राहत सामग्री नपुगेको गुनासो आएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री शुशिल कोइरालाले सबैको उदेश्य पीडितहरुलाई राहत वितरण गर्नु रहेको भन्दै त्यसका लागी सबैलाई बाटो खुला रहेको बताउनु भएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री