युरोकपमा स्पेनको जित, ईटली र क्रोएसीया बराबरीमा

१ असार २०६९, शुक्रबार ०८:५३ मा प्रकाशित

काठमाडौ, १ असार । १४ औ युरोकप फुटबल प्रतियोगिता अन्तर्गत गएराती भएको समूह सिको खेलमा डिफेन्डिङ् च्याम्पियन स्पेन बिजयी भएको छ । स्पेनले आयरल्याड गणतन्त्रलाई ४–० को भारी गोल अन्तरले पराजित गरेको हो । जित सगै स्पेन चार अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । स्पेनको जितका लागि फर्नान्डो टोरेसले दई र डेभिड सिल्भा तथा सेस फेब्रिकेसले एक एक गोल गरेका थिए । त्यस्तै गएराती नै भएको खेलमा इटली र क्रोशिया एक एक गोलको बराबरी खेलेका हुन् । खेल बराबरीसगै क्रोयशियाको चार अङक साथ दोस्रो स्थानमा पुगेको छ भने इटलीको दुई अङ्क साथ तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै आज पनि समूह ‘डी’ का दुई खेल हुँदै छन् । आज पहिलो खेल सहआयोजक युक्रेनविरुद्ध फ्रान्सबीच राती पौने १० बजे हुने छ । त्यस्तै राती सवा १२ इङ्ल्याडविरुद्ध स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा युक्रेनले स्वीडेनलाई पराजित गरेको थियो भने फ्रान्स र इङ्ल्याड बराबरी खेलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मड्रिड । स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् । उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई

स्पेनिस ला लिगा फुटबलको बार्सिलोना लेभान्तेसंग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा लेभान्तेसँग बार्सिलोना ३ –३ को बराबरीम रोकिएको

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित

लन्डन । म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई