भूकम्पले एक लाख छब्बीस हजार गर्भवती प्रभावित

२० बैशाख २०७२, आईतवार १२:३७ मा प्रकाशित

काठमाडौँ, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले करिब एक लाख २६ हजार गर्भवतीका भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ । युएनएफपिएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै एक लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ । भूकम्पजस्ता प्राकृतिक प्रकोपका सन्दर्भमा महिला र किशोरी सबैभन्दा बढी कमजोर जनसङ्ख्या हुन् । प्राकृतिक प्रकोपका समयमा गर्भधारणसम्बद्ध मृत्यु र महिला हिंसा बढ्छन् । अधिकांश महिलाले अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाको पहँुच गुमाएका हुन्छन् । सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधाबिना नै बच्चा जन्माउने गरेको विज्ञप्तिमा उल्लेख छ ।

युएनएफपिएका अनुसार भूकम्प प्रभावित जिल्लाका महिलाका आवश्यकतालाई सहयोगस्वरुप प्रजनन स्वास्थ्य सामग्री प्रदान गरिएको छ, जसमा सुरक्षित रूपमा सुत्केरी गराउन आवश्यक सामग्री छन् । युएनएफपिए प्रतिनिधि जुलिआ भलिसीले युएनएफपिएले महिला र प्रजनन उमेरका किशोरीका लागि अत्यावश्यक सरसफाइका सामग्रीसहितका रक्षासामग्री ९डिग्निटी किट० पनि उपलब्ध गराइरहेको र आगामी समयमा पनि महिला र किशोरीका आवश्यकतालाई सम्बोधन गर्दै जाने बताउनुभयो ।

प्राकृतिक प्रकोपपछि विस्थापितका शिविरलगायत लैङ्गिक हिंसा रोकथाम गर्न युएनएफपिएले नेपाल सरकार र साझेदारसँग मिलेर रोक्न काम गरिरहेको छ । युएनएफपिएले सन् २०१४ को अगस्टमा आएको बाढीपहिरोलगायत यसअघिका सङ्कटका बेलामा पनि नेपाल सरकारलाई सघाउँदै आएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ