आजदेखि असार ८ गतेसम्म विरोधस्वरूप दुई घन्टा न्यायालय बन्द गर्ने

१ असार २०६९, शुक्रबार ०८:४८ मा प्रकाशित

काठमाडौ, १ असार । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्याको सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्नेलगायतका माग गर्दै कर्मचारीले आजदेखि असार ८ गतेसम्म विरोधस्वरूप दुई घन्टा न्यायालय बन्द गर्ने भएका छन् । आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका विभिन्न कर्मचारी सङ्घसङ्गठनले आजबाट आठ दिनसम्म बिहान १० देखि १२ बजेसम्म काठमाडौँ उपत्यकाका सम्पूर्ण अदालत तथा न्यायिक निकायमा एक घन्टा कलम बन्द गर्ने भएका हुन् । यही जेठ २३ गतेदेखि २६ गतेसम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउँदै आएका कर्मचारीले जेठ २८ गतेदेखि हिजोसम्म प्रत्येक दिन बिहान १० देखि ११ बजेसम्म कार्यालय बन्द गर्दै आएका थिए । सर्वोच्च अदालतका पूर्व बहालवाला न्यायाधीशको अध्यक्षतामा न्यायाधीश बमको हत्याका सम्बन्धमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने, बमलाई सहिद घोषणा गरिनुपर्ने, हत्यारालाई कडा कारबाही गरिनुपर्ने, घटनामा परेका अन्य घाइतेलाई राज्यका तर्फबाट निःशुल्क उपचारको व्यवस्था हुनुपर्ने र न्यायाधीश तथा कर्मचारीको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनुपर्नेजस्ता माग कर्मचारीले अघि सारेका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, राष्ट्रसेवक कर्मचारी सङ्गठन र राट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले विज्ञप्ति जारी गरी आफ्ना माग सम्बोधन नभएमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । यही जेठ १८ गते अज्ञात् हतियारधारी समूहले ललितपुरको शंखमूल नजिक बममाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता