एमाले स्थायी समितिको बैठक आज बस्दै

१ असार २०६९, शुक्रबार ०८:४६ मा प्रकाशित

काठमाडौ, १ असार । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीको बारेमा छलफल गर्न आज पनि स्थायी समिति बैठक बस्ने भएको छ । पार्टी मुख्यालय बल्खुमा बस्ने बैठकमा राज्य पुनर्संरचनाका विषयमा बहुपहिचानसहितका प्रदेशको सङ्ख्याको बारेमा पनि छलफल हुने बताइएको छ । दिउँसो १ बजे सुरु हुने बैठकमा राष्ट्रिय कार्यकर्ता भेलालाई व्यवस्थित गर्ने बारेमा कुराकानी हुने सचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । एमालेले असार ४ र ५ गते दुई दिन कार्यकर्ता भेला बोलाएको छ । पार्टी बहुपहिचानसहितको सङ्घीयताका पक्षमा भए पनि सङ्घीयता विरोधी भनी गरिएको प्रचार गलत भएको कार्यकर्तालाई बुझाउन पुस्तिका छापेर देशभरका पार्टी निकायमा पठाइएको जानकारी एमाले प्रचार विभागका सचिव सूर्य थापाले जानकारी दिनुभयोे । एमालेका जनजाति नेताले पार्टी नेतृत्व एकल पहिचानका आधारमा प्रदेश निर्धारण गर्न तयार नभए पार्टी त्याग्ने चेतावनी दिएपछि यस विषयमा टुङ्गोमा पुग्न राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । बुधबार देउवा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र आज संसद् सचिवालयलाई बुझाएको छ । प्रधानमन्त्री केपी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी

काठमाडौँ । सङ्घीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा बुधबार र बिहीबार कोभिड–१९ को पीसीआर परीक्षण