भुकम्प पिडित आमा भन्छिन, ‘धर्ती पुत्र दानवीर नेपाली छोरो उपेन्द्र महतो तिमीलाई सलाम’

२० बैशाख २०७२, आईतवार ०४:०३ मा प्रकाशित

काठमाडौ, २० वैशाख । चर्चा बाहिर रहेर नेपाल र नेपालीको सेवामा सदैव समर्पित दानवीर धनाढ्य उपेन्द्र महोतोले शनिबार गएको महाभूकम्प पिडितहरुको सहयोगार्थ १५ करोड नेपाली रुपिया सहयोग राशि घोषण गरेका छन् । भुकम्प पिडितहरुको उद्धारका लागि शनिबार महतोले १५ करोड नगद सहयोग राशि घोषणा गरेका हुन् । सम्भवत व्यक्तिको तहबाट यति ठुलो धन राशि सहयोग गर्ने उनि पहिलो व्यक्ति हुन् । आमाको नाममा स्थापित फुलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत राहत समाग्री वितरण र विद्यालय पुनर्निर्माणमा खर्च गर्ने महतोले बताएका छन् । १५ करोड मध्ये तीन करोड रुपैयाँको राहत सामाग्री भूकम्प पीडितलाई वितरण गर्ने भएका छन् भने १२ करोड रुपैयाँ भत्किएका विद्यालय भवन पुनर्निर्माणमा खर्च गर्नेछन् ।

Mahatoपीडित परिवारको तत्कालको आवश्यकता पुरा गर्नेगरी ६ जनासम्म अटाउने फेमिली टेन्ट, २ वटा तन्ना, म्यार्टेस, कम्बल, तकिया, तौलिया, रेनकोट तथा चामल, दाल, च्यूरा, तेल, नुन, साबुन वितरण गर्ने महतोले बताएका छन् ।
राहत सामाग्री कुन ठाउँमा उपलब्ध गराउने भन्ने विषयमा महतोले केही उल्लेख गरेका छैनन् । बढी भुकम्प प्रभावित ठाउँमा सरोकारवालसँग सल्लाह गरेर राहत वितरण गर्ने उनको भनाइ छ ।

सबैभन्दा बढी भुकम्प प्रभावित जिल्लाका अत्याधिक क्षतिग्रस्त विभिन्न स्थानमा १२ करोडको लागतमा भुकम्प प्रतिरोधी स्कुल भवनहरुको पुनरनिर्माण गर्ने बताइएको छ । नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गरी निर्माण स्थलको चयन गरिने भएको छ ।

Upedra Mahato (NRN)को हुन् उपेन्द्र महतो:
सिरहामा जन्मिएका र रसियामा अध्यनका लागि पुगेका नेपाली छोरो उपेन्द्र महतो गैर आवाशीय आन्दोलनका जन्मदाता दाता हुन् । बेलारुस, रुस, साइप्रस, नेपाल, भारत र दुबईमा संचार, व्यापरिक मल, निरमान सामग्री, हाउजिङ्ग, जलबिद्युत, बैंक, तेल उत्खनन एवं ब्यापारको क्षेत्रमा साम्राज्य खडा गरेका तर चर्चामा आउन नरुचाउने सेवा परमो धर्मको मूल मन्त्र जपेर सदैव नेपाली जातिको उन्नती र प्रगतिको कामना गर्ने उपेन्द्र महतोले २००३ मा आफनी नजी खर्चमा प्रथम गैर आवशीय अन्तराष्ट्रिय सम्मेलन गरेर संसार भरिका नेपालीलाई गैर आवाशीय अभियानमा जोड्ने काम गरेका थिए । दानबिर नेपाली छोरो महतोले २००३ मा स्वदेश फर्किए लगत्तै दिन दुखिहरुको लागि दान र सहयोग गर्ने अभियान तिब्र पारेका थिए । समता शिक्षा अभियान मार्फत झन्डै २० हजार निमुखा र गरिब बालबालिकाको शिक्षामा लगानी गरेका महतोले नेपालको लामो राजनीतिक द्वन्दका बिचपनि आफ्नै नेतृत्वमा गैर आवाशीय नेपालीलाई देश निर्माणमा लगानी गरन प्रोत्साहित गरेका थिए । अर्थ मन्त्री रामशरण महतको भनाईमा नेपाली धर्ति पुत्र महतोले सहयोग नगरेको क्षेत्रनै छैन । यस पटक गएको महाभूकम्प लगत्तै भुकम्प पिडितहरुको उद्धारका लागि शनिबार महतोले १५ करोड नगद सहयोग राशि घोषणा गरेका छन् । आर्थिक समृद्धिले मात्र नयाँ नेपाल निर्माण हुने मान्यता राख्ने महतोलाई एक नेपाली आमा भुमकुमारी ढकालले भनेकी छिन, ‘धर्ति पुत्र दानवीर नेपाली छोरो उपेन्द्र महतो सलाम तिमीलाई ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । विगत् १० महिनादेखि श्रीलंका कारागारमा रहेका २६ नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलंकास्थित नेपाली दूतावासले जनाएको छ

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना