राष्ट्रिय भेलाबारे छलफल गर्न वैद्य पक्षको बैठक जारी

१ असार २०६९, शुक्रबार ०८:४४ मा प्रकाशित

काठमाडौ, १ असार । आफू पक्षका विचार समूहका कार्यकर्ताहरुको राष्ट्रिय भेलाको अन्तिम तयारीको बारेमा छलफल गर्न एकीकृत माओवादीको वैद्य समूहको बैठक ललितपुरको कुपन्डोलमा बसिरहेको छ । बिहानैदेखि जारी बैठकमा आजदेखि बोलाइएको राष्ट्रिय कार्यकर्ता भेला र व्यवस्थापनको बारेमा छलफल भइरहेको बुझिएको छ । जारी पोलिटब्यूरो, पदाधिकारी र स्थायी समितिका सदस्यहरुको बैठकले भेलाबारेमा निर्णय गरेका विषयहरु आजै बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले जानकारी दिनुभएको छ । आजदेखि राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको वैद्य समूहले बताए पनि आज साँझसम्ममा कार्यकर्ता काठमाडौं आउने भोलिदेखि भेला सुरु गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे

काठमाडौं । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसक्नुपर्छ

काठमाडौँ । भारतीय राजदूत नविन श्रीवास्तव आज काठमाडौंँ आउने भएका छन् । श्रीवास्तव आज अपरान्ह ४ बजे काठमाडौं आउन लागेका

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी विभाजनका क्रममा एमालेमै बसेका १० स्थायी कमिटी सदस्यहरुलाई दासको संज्ञा दिएका