भूकम्पमा परी मर्नेको सङ्ख्या छ हजार ८४१ पुग्यो, क्रिया खर्च ४० हजार वितरण सुरु, गोरखाको लाप्राक पुग्यो सेना

१९ बैशाख २०७२, शनिबार २३:५९ मा प्रकाशित

काठमाडौँ, २० वैशाख । गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको सङ्ख्या छ हजार ८४१ पुगेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १४ हजार ५६६ पुगेको छ ।

Laprakभूकम्पका कारण १० हजार ४६४ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका एक लाख ३० हजार ४९३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ३४ हजार ९६३ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२ जनाको मृत्यु र ३०९ जना घाइते, मध्यमाञ्चलमा छ हजार १४९ मृत्यु र १३ हजार ३५ घाइते, पश्चिमाञ्चलमा ४१८ मृत्यु र एक हजार १९७ घाइते र मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २५ घाइते भएका छन् ।

हाम्रा संवाददाताले दिएको जानकारी अनुसार सरकारले भूकम्पमा बितेका परिवारलाई दिएको क्रिया खर्च ४० हजार गाउँ बिकास समिति मार्फत वितरण सुरु भएको छ । सरकारले १ लाख ३० हजार घर पूर्ण रुपले क्षति भएको आंकडा तयार पारेको छ । पूर्ण रुपले क्षति भएको घरका लागि तत्काल पुनर्निर्माणको लागि छिट्टै राहत घोषण गर्ने तयारीमा सरकार जुटेको छ । उता अन्तराष्ट्रिय दाताहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कठिनाई व्यहोरेको भनाइ सार्वजनिक गरेका छन् ।

यता अर्थ मन्त्री राम शरण महतले दाता र सहयोगीहरुलाई काम गर्न कुनै कठिनाई नहुने बताउदै दाता र सहयोगीहरुलाई जिल्ला स्थित दैवी प्रकोप समितिसंग समन्वय गरेर काम गर्न आग्रह गर्नु भएको छ ।

गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट सात वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका छ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।

Laparakगोरखाको दुर्गम क्षेत्र लाप्राकमा अझैसम्म राहत नपुगेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय सुमन गुरुङले हालसम्म राहतको नाममा २२ थान त्रिपाल मात्र पुगेको बताएका छन् ।

गोरखाबाट स्थानीय सन्तोष गुरुङले दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु बारपाकदेखि तीन घण्टा उत्तर पूर्वमा रहेका लाप्राकममा करिब पाँच सय घरमध्ये सबै घरमा क्षति पुगेको छ । २५ जनाको मृत्यु भएको उक्त गाउँका बासिन्दा २७ सय मिटरमा रहेको गोप्सेमा खुला आकाशमुनि बसेका छन् । गुरुङले भने अनुसार अहिलेसम्म लाप्राकमा राहत पुगेको छैन । पठाएको राहत पुग्न सकेको छैन । गुरुङका अनुसार लाप्राकमा अत्यधिक चिसो भएकाले विस्थापित बिरामी पर्न थालेका छन् । लाप्राकमा ७ जना नेपाली सेनाले उद्धारको काम थालेको छ । उद्धारकर्मीहरुका अनुसार पाल र पकाउने भाडा कुडा र ओढ्ने ओछ्याउनेको अभाव देखिएको छ भने कयौं स्थानमा खानको अभाव देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नजाने भएका

काठमाडौं । वर्तमान राजनीतिको किंग मेकर मानिएको नेपाली कांग्रेसले अझै प्रष्ट धारणा सार्वजनिक गरेको छैन । हिजो संसदीय दलको बैठकपछि

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल प्रेस युनियन डोटी शाखाले स्थापना गरेको ‘तेजु स्मृति अक्षय कोष’ स्थापनाका लागि आर्थिक सहयोग