माओवादी संस्थापन पक्षको आज राजधानीमा जनप्रदर्शन

१ असार २०६९, शुक्रबार ०८:४२ मा प्रकाशित

काठमाडौ, १ असार । पार्टी फुटको सङ्घारमा पुगेको चर्चा चलिरहेको बेला एकीकृत माओवादी संस्थापन पक्षले आज राजधानीमा जनप्रदर्शन गर्ने भएको छ । पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण प्रक्रियामा बाधक बनेका राजनीतिक शक्ति र पार्टीको धारणा सार्वजनिक गर्न सभा गर्न लागिएको माओवादीले जनाएको छ । जनसभामा काठमाडौमा नेवाः राज्य समिति र ताम्सालिङ राज्य समितिका एक लाखभन्दा बढी जनताको सहभागिता रहने माओबादीले दावी गरेको छ । सङ्घीयता पक्षधरहरुको भेलाको आयोजना गरिएको माओवादीले दावी गरे पनि पार्टीको असन्तुष्ट पक्षविरुद्व शक्ति प्रदर्शन गर्न माओवादी संस्थापन पक्षले कार्यकर्ता भेला गर्न लागेको विश्लेषण गरिएको छ । दिउँसो १ बजे राजधानीको खुल्लामञ्मा सुरु हुने कार्यक्रममा माओवादीको ताम्सालिङ र नेवा राज्यका नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादीले जनाएको छ । भेलालाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । माओवादी नेवाःराज्य समितिका सचिव नारायण दाहालका अनुसार जनसभालाई सफल बनाउन विभिन्न जनवर्गीय सङ्गठन, भ्रातृ सङ्गठन तथा सहायक सङ्गठनहरुलाई जनपरिचालनका लागि खटाइसकिएको छ । जनसभालाई व्यवस्थित बनाउन माओवादीले सहायक संगठन वाईसीएललाई परिचालन गर्ने भएको छ । सभा सुरु हुनु अघि कोटेश्वर, बालाजु, कलंकी, कालीमाटी, नयाँसडक, चाबहिल महाराजगन्ज, सामाखुसीलगायतका स्थानबाट जुलुस प्रदर्शन गरिने माओवादीले जनाएको छ । माओवादीले आज सबै जिल्लाहरुमा पनि जनसभा आयोजना गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ । गैरआवासीय नेपाली

काठमाडौं । नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । दुई सातादेखि काठमाडौंको