बैद्यानिक सरकारको आदेश पालना गर्ने सेनाको स्पष्टोक्ति

३२ जेष्ठ २०६९, बिहीबार १८:२९ मा प्रकाशित

काठमाडौ, ३२ जेठ । नेपाली सेनाले बैधानिक सरकारको आदेशको पालना गर्ने स्पष्ट पारेको छ । विहीबार एक विज्ञप्ति प्रकाशित गरेर नेपाली सेना नेपाली जनताको राष्ट्रिय सेना भएको भन्दै  विगत देखिकै आफ्नो गैर राजनीतिक चरित्र सबैको सामु स्पष्ट भएको उल्लेख गरेको छ ।
सेना बैधानिक सरकारको मातहतमा रहने र सरकारबाट राष्ट्र र जनताको हितमा हुने बैधानिक आदेशहरु मात्र पालना तथा कार्यान्वयन गर्ने कुरा समेत विज्ञप्तिमार्फत पुनः स्पष्ट पारेको छ । उसले नेपाली सेनाका विषयमा अनेकन अभिव्यक्तिहरु तथा समाचारहरुको भ्रममा नपर्न सबैलाई आग्रह समेत गरेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले माओवादी लडाकुलाई नेपाली सेनालाई समायोजन गरेर सबै नेपाली सेना नै आफ्नो बनाएको भन्ने अभिब्यक्ति सार्वजनिक भएपछि सो विषयमा नेपाली सेनाको स्पष्टिकरण आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई