एसएलसी फेल भएको झोकमा तीन विद्यार्थीद्धारा आत्महत्या

३२ जेष्ठ २०६९, बिहीबार १८:२२ मा प्रकाशित

काठमाडौ, ३२ जेठ । फलामे गेट मानिने एसएलसी परीक्षामा अनुत्तीर्ण भएको निराशामा तीन छात्राले आत्महत्या गरेका छन् ।
फेल भए लगत्तै भएपछि बिहीबार बिहान छहराकी एक छात्राले आत्महत्या गरेकी छिन । छहरा, ४ गोलौचाकी १६ वर्षीया सरिता रानाले आत्महत्या गरेकी छन ।
रानाले बिहिबार बिहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी हुन । उनी छहराको भैरवनवदीप उच्च माविबाट एसएलसीमा सहभागि भएकी हुन । त्यसैगरी बुधवार साझ नेपालगन्जकी एक छात्राले आत्महत्या गरेकी छन । नेपालगन्ज–१३ गोसाईगाउ निवासी प्रतिक्षा शर्माले परिणाम सोचे जस्तो नआएपछि झुण्डिएर देह त्याग गरेको प्रहरीको भनाई छ । यता विराटनगर–२० रानीकी एक छात्राले पनि विहीवार विहान विष सेवन गरी आत्महत्या गरेकी छन ।
स्थानीय श्रीराम उच्चमाविवाट एसएलसी दिएकी मधु देवानले विहीवार विहान विष सेवन गरी आत्महत्या गरेको प्रहरीले वताएको छ । तीन विषय लागेपछि निराश देखिएकी मधुले घरमा लामखुट्टे मार्न प्रयोग गर्ने औषधी सेवन गरेकी थिईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी