आज बिहान पनि भूकम्पको धक्का महसुस, असर न्युन

१९ बैशाख २०७२, शनिबार १२:५८ मा प्रकाशित

काठमाडौँ, १९ वैशाख । आज बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १२१ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मकरुपमा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्पको धक्का क्रमशः न्युन हुँदै गएको र छ रेक्टरभन्दामुनिका भूकम्पले कुनै असर नगर्ने भएकाले स–साना धक्का आउँदा आत्तिनुपर्ने अवस्था छैन ।ठूलो भूकम्प गएका कारण चार रेक्टर स्केलभन्दामुनिका स–साना भूकम्पको धक्का आइरहने भए पनि यसले कुनै क्षति नपुग्ने केन्द्रका प्रमुख अधिकारीको भनाइ छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा