भूकम्पमा परी मर्नेको सङ्ख्या छ हजार ६२१ पुग्यो

१९ बैशाख २०७२, शनिबार १२:५४ मा प्रकाशित

काठमाडौँ, १९ वैशाख । गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको सङ्ख्या छ हजार ६२१ पुगेको गृह मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १४ हजार ५६६ पुगेको छ ।

भूकम्पका कारण १० हजार ४६४ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका एक लाख ३० हजार ४९३ घर पूर्ण क्षति भएका छन् भने आंशिक एक लाख ३४ हजार ९६३ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२ जनाको मृत्यु र ३०९ जना घाइते, मध्यमाञ्चलमा छ हजार १४९ मृत्यु र १३ हजार ३५ घाइते, पश्चिमाञ्चलमा ४१८ मृत्यु र एक हजार १९७ घाइते र मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २५ घाइते भएका छन् ।

गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट सात वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका छ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई