माओवादीमा पांच चिरा

Head office of UCPN Maoist at Paris Danda, Kathmandu
३२ जेष्ठ २०६९, बिहीबार १७:४४ मा प्रकाशित

Head office of UCPN Maoist at Paris Danda, Kathmanduकाठमाडौं, ३२ जेठ । नामको अगाडि ‘एकीकृत’ विशेषण रहेको माओवादी पार्टीमा पांचवटा समूह या उपसमूहहरू क्रियाशील भएको देखिएको छ । एउटा समूहको नेतृत्व स्वयम् अध्यक्ष प्रचण्डले लिनुभएको छ भने अर्को ठूलो समूहको नेतृत्व मोहन वैद्य किरणले गर्नुभएको छ । पांच समूहमध्ये सबैभन्दा ठूलो समूह मोहन वैद्य नेतृत्वको मानिन्छ भने दोस्रो ठूलो समूहको नेता प्रचण्ड हुनुहुन्छ । प्रचण्डको पक्षमा देखिनुभएका डा. बाबुराम भट्टराईको आफ्नै बेग्लै समूह अस्तित्वमा छ भने नारायणकाजी श्रेष्ठ एउटा गुटको नेता हुनुहुन्छ । श्रेष्ठसंग विमति राख्ने अमिक शेरचनको पनि बेग्लै समूह रहेको छ । वैद्यको समूहमा सीपी गजुरेल, रामबहादुर थापा बादल, देव गुरुङ, पम्फा भुसाल, नेत्रविक्रम चन्द, धर्मेन्द्र बास्तोला, हरिभक्त कंडेललगायतका पुराना नेताहरू सामेल हुनुहुन्छ भने प्रचण्ड समूहमा पोष्टबहादुर बोगटी, हरिबोल गजुरेल, कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मा प्रभाकरलगायत हुनुहुन्छ । त्यसैगरी नारायणकाजीको समूहमा गिरिराजमणि पोखरेल स्थापित नेतामा पर्नुहुन्छ भने अमिक शेरचनसंग पुराना चर्चित नेता लीलामणि पोखरेल र शशि श्रेष्ठलगायत हुनुहुन्छ । बाबुराम भट्टराईको समूहमा टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हिसिला यमी र रामबहादुर कार्कीलगायत हुनुहुन्छ । पांच समूहमध्ये पुराना, परिपक्व र विचारले खारिएका नेताहरू वैद्यको पक्षमा देखिएका छन् । सबभन्दा इमानदार, देशभक्त र क्रान्तिकारीहरूको खेमाका रूपमा पनि वैद्य समूहलाई चिनिन्छ । प्रचण्डको पक्षमा नयां र चलाख मानिएका नेताहरूको बाहुल्य छ ।
पांच समूहमध्येको सबैभन्दा ठूलो मोहन वैद्यले माओवादी पार्टीको पुनर्गठन गर्ने अन्तिम तयारी गर्नुभएको छ । वैद्यले आफ्नो बेग्लै पार्टी निर्माण गर्नुभएपछि बांकी सबै एकातिर भए भने पद विभाजनमा प्रचण्डलाई सङ्कट पर्ने देखिएको छ । प्रचण्ड कृष्णबहादुर महरालाई पार्टीको महासचिव बनाउन चाहनुहुन्छ, तर बाबुराम भट्टराई महराको पक्षमा देखिनुहुन्न । उहां वैद्य समूह अलग भएपछि टोपबहादुर रायमाझीलाई उक्त पदमा देख्न चाहनुहुन्छ । उता नारायणकाजी भने गिरिराजमणि पोखरेललाई महासचिव बनाउने पक्षमा रहनुभएको छ । अमिक शेरचनलाई नै महासचिव बनाइनुपर्छ भन्ने अर्को समूहको धारणा छ । यसरी माओवादी पार्टीभित्रको गुट–उपगुटको अध्ययन गर्दा वैद्य समूहले बेग्लै पार्टी निर्माण गरेको अवस्थामा प्रचण्ड समूहमा पुनः अर्को विभाजन आउन सक्ने देखिन्छ । कम्तीमा तीनवटा अलग–अलग पार्टी प्रचण्ड समूहभित्रैबाट जन्मियो भने कुनै आश्चर्य हुने छैन । त्यसैले समयाक्रममा वैद्य समूह अलग्गिएपछि माओवादी पार्टी जम्मा चार पार्टीका रूपमा अस्तित्वमा आउन सक्ने सम्भावना छ ।
पार्टीभित्र देखिएको गुटले यतिबेला सबैभन्दा बढी पिरलो एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई परेको छ । पार्टीका नेतापिच्छेको गुट खडा गर्न सक्रिय भएपछि प्रचण्ड रनभुल्लामा परेका छन् । माओवादीमा पछिल्लो समयमा प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टाराइको गुट देशव्यापी फैलिएको छ । भट्टराईले आफू प्रधानमन्त्री भएको मौकाको फाइदा उठाउ‘दै आफ्नो गुटलाई सक्रिय बनँएका हुन् । स्रोतका अनुसार बाबुराम पार्टीभित्र राम्रो शक्ति सन्तुलन कायम गर्न सफल भएका छन् । उनले ३० भन्दा बढी केन्द्रीय नेतालाई अफ्नो पकडमा पारेका छन् भने विभिन्न जिल्लामा पनि आफूनिकट नेताहरू उत्पादन गरिसकेका छन् । भट्टराई प्रधानमन्त्री हुनुभन्दा पहिले मुस्किलले १४ जना नेतालाई मात्र आफ्ना पकडमा राख्न सफल भएका थिए ।
त्यस्तै, माओवादीका अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पनि आफ्नो गुटलाई मजबुत बनाएका छन् । उनले पनि आफूनिकट नेताहरूलाई बेग्लै बोलाई बेलाबेलामा आफ्नो धारबारे छलफल गर्ने गरेका छन् । माओवादीमा प्रवेश गरेको अमिक शेरचनले पनि पार्टीभित्र आफ्नो गुट बनाएका छन् । उनले जनमोर्चाबाट माओवादीमा प्रवेश गरेकालाई आन्तरिक रूपमा सङ्गठित गरिरहेका छन् । त्यसमध्ये उपाध्यक्ष वैद्यको समूहरू केही दिनभित्रै पार्टी विभाजनको घोषणा गर्ने तयरीमा रहेको छ । कुनै चामत्कारिक निर्णय भएन भने माओवादी केही दिनभित्र विधिवत् रूपमै फुट्नेछ ।

प्रचण्डसंग बाबुराम सचेत
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई छाडेर मोहन वैद्यसंग नजिकिन थालेका छन् । उनले बाबुराम भट्टराईको कार्यदिशा असफल भएको भन्दै वैद्यसंग मिलेर नयां त्र्रmान्ति गर्नुपर्ने आवश्यकता भएको झांसा दिंदै वैद्यका नेताहरूलाई एकएक गरी फकाउन थालेका छन् । वैद्य पक्ष्ँका नेताहरूसंग भविष्यको ख्याल नै नगरी शान्ति र संविधानको कार्यदिशामा अघि बढ्दा पार्टी विभाजनको सङ्घारमा पुगेको प्रचण्डले निष्कर्षसमेत निकालेका छन् । उनले पार्टीलाई एकढिक्का बनाउन पनि नयां क्रान्तिको खांचो औल्याउंदै अब क्रान्तिकै मार्ग अङ्गाल्नुको विकल्प नभएको बताउंन थालेका छन् । यता, वैद्य पक्षका नेताहरूले पनि पार्टी अध्यक्ष्ँ प्रचण्डले शान्ति र संविधानको कार्यदिशालाई त्यागी क्रान्तिको मार्गमा आए पार्टी एकता हुन सक्ने बताउंदै आएका छन् । तर, उनीहरूले अध्यक्ष प्रचण्डले सार्वजनिक रूपमै पार्टीले लिएको शान्ति र संविधानको कार्यदिशा असफल भएको भनी आत्मालोचना गर्नुपर्ने सर्त अघि सारेका छन् ।
माओवादी स्रँेतका अनुसार अध्यक्ष्ँ प्रचण्डले पार्टीभित्र देखिएका विवादलाई समाधान गरी अघि बढ्नुको विकल्प नभएको भन्दै उपाध्यक्ष मोहन वैद्यसंग पटकपटक फोन संवाद गरिरहेका छन् । उनले अहिलेको स्थिति सिर्जना हुनुमा सबै प्रधानमन्त्री बाबुरामको दोष भएको भन्दै आफू सधैं अग्रगामी क्रान्तिको पक्ष्ँमा रहेको उनले वैद्यसंग भनेका छन् । प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार पार्टीभित्र देखिएको विवादबारे अध्यक्ष प्रचण्ड र वैद्यबीच पछिल्लोपटक विभिन्न चरणमा समेत छलफल भएको छ । स्रँेतका अनुसार उनीहरू पार्टीभित्रको विवाद समाधान गरेर अघि बढ्न तयार छन् । तर, वैद्य पक्षका केही नेताहरूले लिएको अडानका कारण सो वार्ता सफल हुन सकेको छैन ।
यसअघि अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आफूले पार्टी अध्यक्ष पद नै त्याग गर्न तयार रहेको जानकारी गराएका थिए । पार्टी एकीकरण गर्नका लागि आफूले कुनै कसर बांकी नराख्ने भन्दै उनले पार्टीभित्र देखिएको विवाद समाधान गर्न केही साथीहरू बाधक बनेको आरोपसमेत लगाएका थिए ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्ने भन्दै उपाध्यक्ष्ँ वैद्यसंग नजिकिएर पार्टीले लिएको कार्यदिशा असफल भएको निचोडमा पार्टी अध्यक्ष्ँ प्रचण्ड पुगेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराई अध्यक्ष्ँसंग असन्तुष्ट बनेका छन् । उनले अध्यक्ष्ँले दोहोरो चरित्र निर्वाह गरेको भन्दै उनले पनि आफूनिकट नेताहरूलाई सजग भएर पार्टीको काममा लाग्न निर्देशन दिएका छन् । गत शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफूनिकट केन्द्रीय नेतालाई बोलाई पार्टी अध्यक्षले दोहोरो भूमिका निर्वाह गरेको र यसले आफूहरूलाई कुनै पनि समयमा अप्ठ्यारो पार्न सक्ने भन्दै त्यसतर्फ सजग रहन भनेका छन् । उनले पछिल्लो समयमा सरकार र पार्टी अध्यक्षको धारणा फरकफरक हुने गरेको भन्दै यसले पार्टीभित्र अध्यक्षका लाइनमा केही गडबड छ भन्ने देखाउंछ, तपार्इंहरूले त्यसैअनुसार लिएर अघि बढ्नुहोला भनेका थिए । प्रधानमन्त्रीको निम्तोमा १५ जनाभन्दा बढी केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । उनले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्‍याएका छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई नेपालको

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी सरकारसँग आग्रह गर्नुभएको छ । कोभिड–१९ सङ्कट