लस एन्जलस र सनफ्रान्सिस्कोमा आगामी साता नेपाली दुतावासको घुम्ती प्रशासनिक सेवा केन्द्र संचालन हुने

१९ बैशाख २०७२, शनिबार ०९:०४ मा प्रकाशित

लस एन्जलस, १९ वैशाख । क्यालिफोर्नियाका नेपाली समुदायको राहदानी, अन्य प्रशासनिक र कागजी समस्या समाधान गर्न वाशिंगटन डिसीस्थित नेपाली दुतावासका अधिकारीहरु लस एन्जलस र सनफ्रान्सिस्कोमा प्रशासनिक सेवा केन्द्र संचालन गर्ने उद्धेश्यले यसै साता यस क्षत्रेमा आउने भएका छन् । सानडियागोस्थित नेपाली वाणिज्यदुत ऋषि ढकालले दिएको जानकारी अनुसार वाशिंगटन डिसीस्थित नेपाली दुतावासका कार्यबाहक राजदुत ऋषि घिमिरे र द्धितिय सचिव लेखनाथ गौतम लस एन्जलस र सनफ्रान्सिस्कोमा प्रशासनिक सेवा केन्द्र संचालन गर्ने उद्धेश्य सहित यस क्षेत्रमा आगामी साता आउने भएका हुन् । वाणिज्यदुत ढकालले दिएको जानकारी अनुसार नेपाली दुतावासले संचालन गर्ने अस्थाई प्रशासनिक सेवा केन्द्रले महाभूकम्प प्रभावित नेपाली समुदायका लागि तत्काल नेपाल जान आवश्यक रहेकाहरुका लागि स्थलगत हस्त लिखित राहदानी र विभिन्न प्रयोजनको लागि आवश्यक हुने अख्तियारनामा समेत तयार गरिदिने छ । नेपाली दुतावासले संचालन गर्ने अस्थाई प्रशासनिक सेवा केन्द्र लसएन्जलसमा स्थानिय पशुपतिनाथ फाउन्डेसनमा यहि मे ४ तारिख र सनफ्रान्सिस्कोमा मे ३ तारिख संचालन हुने छ । थप जानकारीको लागि वाणिज्यदुत ऋषि ढकालको टेलिफोन नम्बर ६२६ ३२० २४३७ मा सम्पर्क राख्न सक्नु हुने छ ।

नेपाली दुतावासले संचालन गर्ने अस्थाई प्रशासनिक सेवा केन्द्रले दिने सेवाहरु:
:: अस्थाई हस्त लिखित राहदानी
:: विभिन्न प्रयोजनका लागि आवश्यक अख्तियारनामा

आवश्यक कागजात:
:: साथमा रहेको पुरानो राहदानी
:: नेपाली नागरिकता
:: नेपाली दुतावासको नाउँमा तयार गरिएको अमेरिकी डलर १५० रुपियाको मनि अर्डर
:: साथमा रहेको पुरानो राहदानी र नेपाली नागरिकताको फोटोकपी
:: ४ थान नियमानुसारको हाल साल खिचेको तस्बिर
:: प्रिपेड फिर्ती सुबिधा भएको हुलाक खाम र ट्रयाकिङ्ग नम्बर सहितको

मिति : मे ४ तारिख, २०१५ (लसएन्जलस)
स्थान: श्री पशुपतिनाथ फाउन्डेसन, १०८४३ केनी स्ट्रिट, नर्वाल्क, क्यालिफोर्निया ९०६५०
समय: मध्यान्ह १:०० बजे देखि साँझ : ६: ०० बजे सम्म

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको